भारत र नेपालबीच सांस्कृतिक र व्यक्ति-व्यक्ति बीचको घनिष्ट सम्बन्ध छ : मोदी « Khabarhub

भारत र नेपालबीच सांस्कृतिक र व्यक्ति-व्यक्ति बीचको घनिष्ट सम्बन्ध छ : मोदी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतको सम्बन्ध अझै मजबुत बनाउने बताएका छन् । सोमबार हुने नेपाल यात्राको पूर्व सन्ध्यामा दिल्ल्लीमा बोल्दै मोदीले बुद्ध जन्मस्थल मायादेवी मन्दिरको दर्शन गर्न उत्सुक रहेका बताए ।

‘नेपाल–भारत सम्बन्ध अद्वितीय छ । भारत र नेपालबीच सांस्कृतिक र व्यक्ति-व्यक्ति बीचको घनिष्ट सम्बन्ध नै हाम्रो सम्पति हो । हाम्रो उद्देश्य नै यो सम्मानित सम्बन्ध अझै प्रगाढ बढाउनु, वर्षौंदेखि रहेको यो सम्बन्धको लामो इतिहास रहेको छ’ प्रधानमन्त्री मोदीले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा बुद्ध जयन्तीको अवसरमा मोदी नेपाल आउन लागेका हुन् । पाचौँ पटक नेपाल आउन लागेका मोदीले मायादेवी मन्दिरको अलावा लुम्बिनी मठ क्षेत्रमा भारत अन्तर्राष्ट्रीय बौद्ध संस्कृति एवं विरासत केन्द्रको शिलान्यास र बुद्ध जयन्ती समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।

विदेश सचिव विनय मोहन क्वात्राले अप्रिलमा भएको द्विपक्षीय बैठकमा दुवै देशका नेताले गरेको कुरा अगाडि सार्दै द्विपक्षीय सम्बन्धको बारेमा चर्चा हुने, भारत–नेपाल ऊर्जा सम्बन्धी लगायतका विषयमा अप्रिलमा भएको सहमतिमा कुरा हुने बताए ।

नेपालमा रहँदा प्रधानमन्त्री देउवा र मोदीबीच लुम्बिनीमा भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १० : १५ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी