भारत र नेपालबीच सांस्कृतिक र व्यक्ति-व्यक्ति बीचको घनिष्ट सम्बन्ध छ : मोदी « Khabarhub

भारत र नेपालबीच सांस्कृतिक र व्यक्ति-व्यक्ति बीचको घनिष्ट सम्बन्ध छ : मोदी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतको सम्बन्ध अझै मजबुत बनाउने बताएका छन् । सोमबार हुने नेपाल यात्राको पूर्व सन्ध्यामा दिल्ल्लीमा बोल्दै मोदीले बुद्ध जन्मस्थल मायादेवी मन्दिरको दर्शन गर्न उत्सुक रहेका बताए ।

‘नेपाल–भारत सम्बन्ध अद्वितीय छ । भारत र नेपालबीच सांस्कृतिक र व्यक्ति-व्यक्ति बीचको घनिष्ट सम्बन्ध नै हाम्रो सम्पति हो । हाम्रो उद्देश्य नै यो सम्मानित सम्बन्ध अझै प्रगाढ बढाउनु, वर्षौंदेखि रहेको यो सम्बन्धको लामो इतिहास रहेको छ’ प्रधानमन्त्री मोदीले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा बुद्ध जयन्तीको अवसरमा मोदी नेपाल आउन लागेका हुन् । पाचौँ पटक नेपाल आउन लागेका मोदीले मायादेवी मन्दिरको अलावा लुम्बिनी मठ क्षेत्रमा भारत अन्तर्राष्ट्रीय बौद्ध संस्कृति एवं विरासत केन्द्रको शिलान्यास र बुद्ध जयन्ती समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।

विदेश सचिव विनय मोहन क्वात्राले अप्रिलमा भएको द्विपक्षीय बैठकमा दुवै देशका नेताले गरेको कुरा अगाडि सार्दै द्विपक्षीय सम्बन्धको बारेमा चर्चा हुने, भारत–नेपाल ऊर्जा सम्बन्धी लगायतका विषयमा अप्रिलमा भएको सहमतिमा कुरा हुने बताए ।

नेपालमा रहँदा प्रधानमन्त्री देउवा र मोदीबीच लुम्बिनीमा भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १० : १५ बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा