४९ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको अवस्था कस्तो ? « Khabarhub

४९ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको अवस्था कस्तो ?


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय तहको निर्वाचन अन्तर्गत ४९ स्थानीय तहको प्रमुख पदको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले अग्रता लिएको छ ।

आइतबार अबेर साढे ११ बजे प्राप्त पछिल्लो नतिजाअनुसार नेकपा एमालेले १८ वटा स्थानीय तहमा मेयर र गाउँपालिका अध्यक्षमा जित हासिल गर्दै अग्रता लिएको हो । एमालेले जारी मत गणनामा १ सय ७८ स्थानमा अग्रता कायम गरेको छ ।

सत्तारुढ नेपाली कांग्रेसले १५ स्थानमा मेयर र गाउँपालिका अध्यक्षमा जित हासिल गरेको छ भने जारी मतगणनामा २ सय ७५ भन्दा बढी स्थानीय तहमा अग्रता लिएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले २ स्थानमा मेयर/गाउँपालिका प्रमुखमा जित हासिल गरेको छ । १६ स्थानमा नेकपा (एस) का उम्मेदवारले अग्रता लिएका छन् ।

नेकपा माओवादी केन्द्रले १४ पालिका प्रमुख पदमा जित हासिल गरेको छ । माओवादीले १ सय ३ स्थानीय तहमा अग्रता लिएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालले २८ स्थानीय तहमा अग्रता लिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ११ स्थानमा अग्रता लिएको छ ।

अन्य २५ स्थानीय तहमा स्वतन्त्र तथा अन्य पार्टीका उम्मेद्वारहरुले अग्रता लिएका छन्। देशभर मतगणना जारी छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ११ : २९ बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते