४९ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको अवस्था कस्तो ? « Khabarhub

४९ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको अवस्था कस्तो ?


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय तहको निर्वाचन अन्तर्गत ४९ स्थानीय तहको प्रमुख पदको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले अग्रता लिएको छ ।

आइतबार अबेर साढे ११ बजे प्राप्त पछिल्लो नतिजाअनुसार नेकपा एमालेले १८ वटा स्थानीय तहमा मेयर र गाउँपालिका अध्यक्षमा जित हासिल गर्दै अग्रता लिएको हो । एमालेले जारी मत गणनामा १ सय ७८ स्थानमा अग्रता कायम गरेको छ ।

सत्तारुढ नेपाली कांग्रेसले १५ स्थानमा मेयर र गाउँपालिका अध्यक्षमा जित हासिल गरेको छ भने जारी मतगणनामा २ सय ७५ भन्दा बढी स्थानीय तहमा अग्रता लिएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले २ स्थानमा मेयर/गाउँपालिका प्रमुखमा जित हासिल गरेको छ । १६ स्थानमा नेकपा (एस) का उम्मेदवारले अग्रता लिएका छन् ।

नेकपा माओवादी केन्द्रले १४ पालिका प्रमुख पदमा जित हासिल गरेको छ । माओवादीले १ सय ३ स्थानीय तहमा अग्रता लिएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालले २८ स्थानीय तहमा अग्रता लिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ११ स्थानमा अग्रता लिएको छ ।

अन्य २५ स्थानीय तहमा स्वतन्त्र तथा अन्य पार्टीका उम्मेद्वारहरुले अग्रता लिएका छन्। देशभर मतगणना जारी छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ११ : २९ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित