कलाकार विजय लामालाई पितृशोक « Khabarhub

कलाकार विजय लामालाई पितृशोक


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाइलट तथा कलाकार विजय लामालाई पितृशोक परेको छ । लामाले आफू पितृशोकमा परेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनका पिताको दुई हप्तादेखि राजधानीको मनमोहन अस्पतालको सीसीयूमा उपचार भइरहेको थियो । स्वास्थ्यमा कठिनाइ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

विजयले सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै बुबाको निधनले आफू मर्मातहत भएको बताएका छन् ।

‘बाउ तिमी विना मलाई बस्ने बानी छैन, तिम्रो यादले निकै सताउनेछ, तर मलाई विश्वास छ, तिम्रो खुशी नै मेरो खुशी हुनेछ,’ उनले फेसबूकमा लेखेका छन् ।

‘अब म तिमीलाई कल्पनामा मात्र जिस्काउँछु है, शायद झस्किुन्छ होला तिमीलाई नपाउँदा,’ उनले लेखेका छन् ।

पार्थिव शरीरको सोमबार बुद्ध जयन्तीको दिन बौद्ध धर्म अनुसार अन्तिम संस्कार गरिनेछ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १२ : ०५ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म