प्रधानमन्त्रीसहित ६ मन्त्री एनआरएनएको कार्यक्रममा सहभागी हुँदै « Khabarhub

प्रधानमन्त्रीसहित ६ मन्त्री एनआरएनएको कार्यक्रममा सहभागी हुँदै


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा बिहीबार काठमाडौंमा हुने एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य ६ मन्त्री सहभागी हुने भएका छन्।

एनआरएनएले ‘गैर आवासीय नेपाली नागरिकता, मताधिकार, वैदेशिक लगानी र वैदेशिक रोजगार’ लगायतका विषयमा छलफल गर्न आयोजित सो ६ घण्टे कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगायतका मन्त्रीले सम्बोधन गर्ने कार्यक्रमत य भएको छ।

मुख्यसचिव शंकरदास बैरागीसहित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समेत कार्यक्रममा सहभागीता जनाउने छन्।

उद्योग, अर्थ, परराष्ट्र मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको टोली समेत कार्यक्रममा उपस्थित हुने छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ।

नेपाल सरकारलगायत विभिन्न सरोकारवालको समेत उपस्थितिमा गैरआवासीय नेपालीका माग सम्बोधन गराउने उद्देश्यले आयोजना हुने सो कार्यक्रममा संविधानसभाका पूर्वअध्यक्ष सुभासचन्द्र नेम्वाङ, पूर्वमन्त्री गगन थापा, सांसद डा। सूर्यप्रसाद पाठक, कृष्णभक्त पोखरेल, लक्ष्मणलाल कर्ण, राष्ट्रियसभाका वर्तमान र पूर्वसदस्यहरु खीमलाल देवकोटा, राधेश्याम अधिकारी, सांसद पुष्पा भुषाल गौतम, रेखा शर्मा, पूर्वमन्त्री योगेश भट्टराई सहभागिता रहने छ।

चार चरणमा आयोजना हुने कार्यक्रममा विभिन्न विषयका विज्ञले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेको संघका अध्यक्ष डा। बद्री केसीले जानकारी दिए।

काठमाडौंको र्‍याडिसन होटलमा आयोजना हुने एक दिने सो सेमिनारमा गृहसचिव टेकनारायण पाण्डे, उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, अर्थसचिव मधुकुमार मरासिन, परराष्ट्र सचिव भरतराज पौडेलले समेत सम्बोधन गर्ने भएका छन्।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा। हेमराज शर्माले सरकार प्रमुखसहित सरोकारवाला मन्त्रालयका मन्त्रीसहितको उपस्थितिमा हुने कार्यक्रम संघका माग पूरा गर्न कोसेढुंगा सावित हुने बताए। उनले संघले विगत डेढ दशकदेखि उठाएका मागहरुको टुंगो लगाउने सुर्वण अवसर भएको बताए।

संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले सम्बोधन गर्ने सो कार्यक्रमका लागि संघका अध्यक्ष कुल आचार्य र अध्यक्ष डा। बद्री केसी लगायतका पदाधिकारी काठमाडौंमा उत्रिएका छन्।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : २१ बजे

जेन-जी आन्दोलनमा तोडफोड भएका सिसिटिभी क्यामरा मर्मत गरेर पुनः सञ्चालनमा ल्याइने    

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा तोडफोड भएका विराटनगरको रानीदेखि बुढीगंगासम्मको कोशी

व्यवस्थित बन्दै कुलेश्वर फलफूल बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानरपालिकाले कुलेश्वर फलफूल बजार क्षेत्रमा अहिले ढलान गर्ने

काठमाडौंलाई एकपछि अर्को झट्का, तीन ब्याटर सस्तैमा आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल ) क्रिकेट अन्तर्गत चितवन राइनोजविरुद्ध

देवीनगरका अतिक्रमित संरचनामा काठमाडौं महानगरको डोजर

काठमाडौं– काठमाडौँँ महानगरपालिकाको वडा नम्बर १० स्थित देवीनगरमा सार्वजनिक जग्गा

सुरूवातमै दुई विकेट गुमेपछि दबाबमा काठमाडौं

काठमाडौं– राजधानीको त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर