भाले भन्दा पोथी आक्रामक | Khabarhub Khabarhub

भाले भन्दा पोथी आक्रामक


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आक्रामक पुरुष तथा महिला बीचको सम्बन्धका बारे र्चाल्स डार्बीनको समयमा पनि कुरा उठाइएको थियो। आम रूपमा पुरुषलाई बढी सक्रिय र आक्रामक रूपमा परिभाषित गरिन्छ।

किताब होस या डकुमेन्ट्री सर्वत्र परम्परादेखि नै पुरुष हाबी भएको देखाइएको छ। अहिले पछिल्लो समय एउटा पुस्तक प्रकाशित भएको छ। पुस्तकमा शारीरिक सम्पर्कको समयमा स्त्री लिङ्गी जनावरको गतिविधिबारे व्याख्या गरिएको छ।

मानिसमा पुरुषभन्दा महिला शान्त हुने चरित्र भए पनि सबै जनावरको हकमा यसो नहुन सक्छ। यसै कारण जनवारबारे अध्ययन अझ बढी आवश्यक हुनसक्छ। जनावरको राज्यमा नै गएर यसका सबै गतिविधि हेरेर नयाँ तथ्य फेला पारिएको डकुमेन्ट्री निर्माता तथा ‘द बिच : अन द फीमेल अफ स्पाइसीस’की लेखक लुकी कुकुरले बताएकी छिन्। उनको पुस्तक गत साता प्रकाशित भएको हो।

उनले पत्ता लगाएको तथ्य अनुसार पोथी जनवार अव्यवस्थित, बढी चलमलाउने, आक्रामक र डाइनामिक पाइएका छन्। भालेको तुलनामा धेरै पोथीको सक्रियता हरेक कुरामा बढी रहने पाइएको छ।

जुलोजीमा स्नातकोत्तर गरेकी कुकले यी तथ्य पत्ता लगाउनका लागि लामो अध्ययन गरेकी थिइन्। धेरै जनावरको बारे पनि उनले अध्ययन गरेकी थिइन्। वनमा पाइने हत्यारा बन बिरालोदेखि अफ्रिकामा रहेको आश्चर्य लाग्दो यौनाङ्ग भएको महिला जनावरसम्मको अध्ययन उनले गरेकी थिइन्। अन्त्यमा लेस्बीयनको रूपमा पुगेर जीवन सकाउने अल्बाट्रोसेसको बारे पनि उनले अध्ययन गरेकी थिइन्।

उनकै अनुसार पोथी जनवारका यी अनुभव सन्तोषजनक थिए। मानिसबाहेक अन्य जनवारमा भाले हाबी हुनेक्रम सबै जनावरमा हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको उनी बताउँछिन्।

प्राकृतिक डकुमेन्ट्रीका केही कुरा मिल्दा जुल्दा छन्। धेरै भालेहरू अस्तव्यस्त पाइएका छन् भने पोथी लजालु, शान्त तथा भाले देख्ने बित्तिकै नजिकिने भन्दा छनोटमा रुचि राख्ने खालका हुन्छन्।

पोथीको विशेषता यो हो कि उनीहरू फरकफरक पार्टनरको खोजीमा हुन्छन्। एउटा सिंहीनीले दिनमा १ सय पटकसम्म भिन्न सिंहको खोजी गरेर शारिरिक सम्पर्क गर्न सक्छन्।

अर्को अध्ययनले के देखाएको छ जङ्गलमा मिठो धुन निकाल्दै हिँड्ने चराको रहस्य अर्कै छ। गुँड बनाउने र त्यहाँ खाना ओसार्ने समयमा उनीहरू आफ्नो काममा एकत्रित नै हुन्छन्। त्यो भन्दा पहिले नै उनीहरूले धेरै भालेसँग सम्पर्कमा रहेका हुन्छन्।

एउटा चरा गुँडमा रहेकै फरक अण्डाका फरक बाबु हुन सक्छन्। तर, एउटा युवा भाले चराले जीवनमा एउटी मात्र पोथीको पछि लागे पनि आश्चर्य नलाग्न सक्छ। गुडमा रहेको अण्डाको डिएनए परीक्षण गरेर यो तथ्य फेला परेको हो। यो प्रविधि पहिलो पटक लस एन्जलसस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा रहेकी एमरिटस अफ इभुलेसनरी बायोलोजीकी प्राध्यापक प्याट्रिसिया गोवाटेले पहिलो पटक प्रयोग गरेकी थिइन्।

‘यो अध्ययनले हामीले धेरै विषय अस्थिर पायौ’, गोवाटेलाई उद्धृत गर्दै कुकले भनेकी छिन्, ‘मैलै पत्ता लगाएको तथ्यकै आधारमा यसो भनिएको हो। तर, धेरै जनालाई यो कुरामा अझै विश्वास नलाग्न सक्छ। जसले भाले भन्दा पोथीलाई शान्त मात्र हुनसक्छ भनेर ठानेको छ तिनीहरूका लागि यो साँच्चै पत्याउनै कठिन कुरा हो।’

सन् १९९० सम्म पक्षी शास्त्रीले पनि अन्य स्तनधारी जनवार जस्तै चरा पनि पोथी अस्तव्यस्त हुने अनुमान गरेका थिए। कुकको यो पुस्तकमा अनुसार संसारमा ७ प्रतिशत जनवार एउटै भाले या पोथीसँग रहन चाहने हुन्छन्।

महिलाले यत्ति धेरै पुरुषसँग सम्पर्कमा रहनु चाहनुको कारण के हुन सक्छ ? भनेर पनि अध्ययन गरिएको छ। गर्भाधानका लागि मात्र नभई आफूलाई सुरक्षित बनाउन यसो गरिएको अध्ययनले देखाएको छ। बच्चाको स्याहार सुसार र सुरक्षाका लागि यो अति आवश्यक छ।
भारतमा पाइने भाले लङ्गुरले भर्खर दूध छुटेका साना बच्चाको समूह देख्ने बित्तिकै आक्रमण गर्ने तथा मार्ने गरेका छन्। योक्रम चिम्पान्जी र सिंह अन्य धेरै जनवारमा पनि हुने गरेको छ। विज्ञको अनुमान यो हो कि धेरै जनासँग सम्पर्क गरेपछि भाले जनवार आफ्नो बच्चाका बारे झुक्किने गर्छन्। एउटै बच्चालाई धेरै भालेले आफ्नो भन्ठान्छन्। यस कारण तिनीहरूको जीवनमा कम जोखिम हुन्छ। धेरै भाले जनावरले पनि बच्चा च्यापेर तिनीहरूलाई संरक्षण दिएको दृश्य देखिएपछि यो अनुमान गरिएको हो।

यौनको सवालमा सबै भन्दा अगाडि पोथी चिम्पान्जी देखिएका छन्। तिनीहरूले आफ्नो जीवनमा ५ या ६ बच्चा पाउँछन्। उनीहरूले दर्जन भन्दा बढी भालेसँग जीवनभरमा हजारौँ पटक सम्पर्कमा रहने काम गर्छन्। बारबी मासाक्यु र साभाना बाबनुक नामका दुई बाँदरका पोथी पनि यत्तिकै आक्रामक हुन्छन्।

पोथीहरू यौनको सवालमा धेरै आक्रामक हुनु र धेरै अगाडि बढ्नुलाई आश्चर्य मानिए पनि जीव विज्ञानका अध्येताका अनुसार बच्चाको सुरक्षाका लागि यो सही पनि हो।

भाले र पोथी दुवैको जनेन्द्रीयको बारे पनि धेरै अध्ययन भएका छन्। यसले पनि यौन चाहनालाई धेरै असर गरेको छ । अफ्रिकामा पाइने एक स्तनधारी जनावर हायनाको कुरा अझै आश्चर्य छ। पोथी हायनाको जनेन्द्रीय ८ इन्च लामो हुन्छ। यो लम्बाइ ठ्याक्कै भालेको जनेन्द्रीय बराबरकै हो।

यो हायना १० वटाको बथानलाई नियन्त्रणमा एउटा पोथीले राखेर बसेको पनि पाइएको छ। उड्न सक्ने क्षमता र पङ्खाको बनावटको बारेमा पनि चराहरूको बीचमा धेरै अध्ययन भएका छन्। जनवारका बारे अध्ययन अझ लामो समय जारी रहनसक्छ। तर, कुकको पुस्तकको अर्थ के हो भने चिम्पान्जी लगायत केही जनावरकै आधारमा पोथीहरू यौनमा बढी आकर्षित हुन्छन्।

अफ्रिकामा पाइएका एक न्याउरी मुसाको कथा झनै फरक छ। उनीहरू एउटै पोथीको बीचमा धेरै रहने गरेका छन्। त्यहाँ अर्को पोथीको उपस्थिति त्यत्ति मन पराइँदैन। कि त त्यहाँ नयाँ पोथी आएमा मार्ने प्रयास गरिन्छ या लखेट्ने गरिन्छ। यस कामको नेतृत्व त्यहाँ भइरहेको पोथीले गरेको हुन्छ। ती जनवारमा प्रजनन सम्बन्धमा एउटा समूहको नै सहमति जस्तै हुन्छ। जहाँ धेरै भाले र एउटा पोथी मात्र पनि हुनसक्छ। कुकले यो नै आफूलाई अध्ययनको क्रममा पाएका तथ्य मध्य सबैभन्दा हाँसो उठ्दो भएको बताएकी छन्।

चिम्पान्जीको भने अवस्था फरक छ। एकै स्थानमा दुई पोथी भए मिलेर बस्छन्। उनीहरू आवश्यक भएको समयमा एकले अर्कोलाई कृतीम यौन गतिविधि गर्नका लागि पनि सहयोग गर्छन्।

यो लामो अध्ययनपछि कुक एउटा निचोडमा पुगेकी छन्। जङ्गलमा कुनै मूल्य र मान्यता हुँदैन। जनवार अनुसार चल्ने फरक शैली हुन्छ। उनीहरू आफैले त्यो शैलीको निर्माण गरेका हुन्छन्। यो नै प्रकृतिको सुन्दरता पनि हो।

कुकको अध्ययन यत्तिमा सीमित छैन। महिलाहरू यस मानेमा धेरै सृजनात्मक पनि हुने गरेका छन्। पुरुष आक्रामक भएको समाजमा पनि महिला भने सृजनात्मक रूपले यौनको बारे सोच्ने गरेका छन्।

प्राध्यापक प्राटीसिया ब्रनानले पोथी जनावरको जनेन्द्रीयको चित्र र आकृतिहरू मात्र राखेर एउटा पुस्तकालय बनाउने जमर्को गरेकी छिन्। उनले डल्फिन र हाँसको जनेन्द्रीयका बारे अध्ययन गरेकी छिन्। त्यहाँ प्रजननका लागि सामान्य ट्युब मात्र नभई भित्र पट्टी एउटा सानो पकेट पनि हुने गरेको छ।उनकै विचारमा अण्डा राख्ने जनवारका लागि सुरक्षित अण्डाका लागि यो प्रयोग हुन सक्ने अनुमान छ। स्रोत : सिएनएन

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : ०५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर : बेलायती पाउण्डले १७१ नाघ्यो

काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार तदनुसार

पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको

आज २०८१ साल असार २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार तदनुसार

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश