मम अड्किएर मृत्यु भएपछि... | Khabarhub Khabarhub

मम अड्किएर मृत्यु भएपछि…

एम्स अस्पतालले जारी गर्यो स्वास्थ्य चेतावनी


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) ले भारतीयको प्रिय खाजा ममबारे एक सल्लाह जारी गरेको छ।

ममको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि एम्सले स्वास्थ्य चेतावनी जारी गरेको हो।

एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएको छ। उनलाई दिल्लीको एम्समा मृत अवस्थामा पर्‍याइएको थियो।

मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा मोमो खाइरहेका थिए। खाँदा खाँदै उनी अचानक भुइँमा ढलेका थिए। पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा ममको डल्लो अड्किएको फेला परेको थियो।

डाक्टरहरूले पनि ममको डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकालेका थिए।

मम अड्किदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन्।

उनको मृत्युको कारक मम पुष्टि भएपछि एम्सले भारतमा सडक पसलदेखि उच्चस्तरीय रेष्टुरेन्टहरूमा पाइने यस लोकप्रिय परिकारबारे सुझाव जारी गरेको छ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : १० बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु