जुनसुकै हालतमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ : मुख्यमन्त्री राउत « Khabarhub

जुनसुकै हालतमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ : मुख्यमन्त्री राउत


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिले निजगढ विमानस्थल निर्माणको वातावरण बनाइदिन आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि निर्माण कार्य प्रभावित रहेको बेला दुवै समितिका अगुवाहरू प्रदेश राजधानी जनकपुर पुगेर मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाउँदै उक्त आग्रह गरेका हुन् ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले विमानस्थल निर्माणका लागि मधेस प्रदेशबाट पूर्ण सहयोग हुने बताए ।  विमानस्थल निर्माण भए मधेसको आर्थिक, पर्यटन र विकासको मेरुदण्ड हुने उनको भनाइ छ ।

‘कुनै पनि हालतमा निजगढ विमानस्थल बन्नुपर्छ र कुनै बहानाले यो आयोजनालाई आलटाल गर्नुहुन्न । कोही कसैले स्थान परिवर्तन गर्ने सोचेको छ भने यो हुन दिनुहुन्न’, मुख्यमन्त्री राउतले मंगलबार भने ।

प्रदेश सांसद रामबाबु यादवले पनि विमानस्थल बनाउनुपर्ने कुरामा जोड दिए ।  उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नरहेको बताए ।

समितिहरूले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पर्यटन मन्त्री प्रेमबहादुर आले, अर्थमन्त्री जनार्दन शर्मा, वन मन्त्री रामसहाय प्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलगायतलाई ज्ञापन पत्र बुझाएका छन् ।

विमानस्थल निर्माणको सुनिश्चितता नभए आन्दोलन गर्ने निजगढ सरोकार समिति संयोजक एकबहादुर श्रेष्ठले बताए ।

उनले वातावरणीय सन्तुलन कायम गर्दै विमानस्थललाई ‘ग्रिन एयरपोर्ट’ बनाउने चाहना रहेकाले विमानस्थल निर्माणमा पहल गरिदिन सबै दल र पक्षलाई आग्रह गरिएको उनले बताए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : ४३ बजे

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

मिल्दै राप्रपा र राप्रपा नेपाल, फुटेको चार वर्षपछि एकता गर्ने लिङ्देन-थापा सहमति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच