सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा ट्रिनिटी कलेजका ४ विद्यार्थी पक्राउ « Khabarhub

सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा ट्रिनिटी कलेजका ४ विद्यार्थी पक्राउ


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा चार विद्यार्थी पक्राउ परेका छन् ।

मंगलबार दिउँसो साढे १ बजे कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी अधिकारीका अनुसार खुकुरी प्रहारबाट गार्डको बायाँ कानमुनि चोट लागेको छ । घाइतेलाई उद्धार गरी मोडेल अस्पतालमा लगेर उपचार गराइएको र उनी उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूबिच १० दिनअघि कलेज परिसरमा बास्केटबल खेल्दा विवाद भएको थियो । सोही विषयलाई लिएर कलेजमा दुई पक्षबिच झै-झगडा हुँदा सुरक्षा गार्ड छुटाउन गएका थिए । सो क्रममा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा म्याग्दी घर भई काठमाडौँको तारकेश्वर बानियाँटार बस्ने जोसेन बानियाँ, रामेछाप घर भई काठमाडौँ डिल्लीबजार बस्ने बिपिन खत्री, ओखलढुङ्गा घर भई हाल घट्टे कुलो बस्ने प्रतीक खतिवडा र टोखाका सञ्जीव भण्डारी रहेको प्रहरीले जनाएको छ । उनीहरू सबै १८ वर्षका हुन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : ५८ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता