युएईमा श्रमिकलाई चर्को घाममा काम लगाउन रोक, नियम उलङ्घन गर्ने कम्पनीलाई ५० हजार दिराम जरिवाना « Khabarhub

युएईमा श्रमिकलाई चर्को घाममा काम लगाउन रोक, नियम उलङ्घन गर्ने कम्पनीलाई ५० हजार दिराम जरिवाना


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- खाडी राष्ट्रहरूमा गर्मी बढेसँगै श्रमिकहरूलाई बाहिर चर्को घाममा काम गर्न रोक लगाउन थालेको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा जुन १५ देखि चर्को घाममा श्रमिकलाई काम लगाउन रोक लगाएको छ ।

युएईको मानव संसाधन मन्त्रालयले जुन १५ देखि सेप्टेम्बर १५ सम्म दिउँसो साढे १२ बजेदेखि ३ बजेको समय सिधै घाम पर्ने खुला ठाउँमा कुनै पनि कम्पनीले श्रमिकलाई काम लगाउन कम्पनीहरूलाई अनुरोध गरेको छ ।

नयाँ नियम अनुसार श्रमिकले दैनिक कामको अवधि ८ घण्टा गर्नु पर्नेछ । यदि कसैले २४ घण्टा भित्र आठ घण्टा भन्दा बढी काम गर्दछ भने, अतिरिक्त समय ओभर टाइम मानिनेछ, जसको लागि कामदारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको मन्त्रालयले जनाएको छ ।

रोजगारदाता कम्पनीहरूले दैनिक काम गर्ने घण्टाको तालिका कार्यस्थलमा एक प्रमुख साइटमा राख्नु पर्नेछ, र अरबी बाहेक अन्य भाषामा पनि लेख्नुपर्दछ, जुन कामदारहरूले सजिलै बुझन सक्ने हुनुपर्ने छ ।

कम्पनीहरूले सरकारले जारी गरेको नियमको उल्लङ्घन भएको पाइएमा प्रत्येक एक व्यक्ति कम्पनीले ५ हजार दिरामसम्म जरिवाना तिर्नुपर्ने उल्लेख गरिएको छ ।

यदि नियम विपरीत कम्पनीले धेरै श्रमिकलाई काम लगाइएको ठहर भएमा ५० हजार दिरामसम्म जरिवाना तिर्नुपर्ने मन्त्रालयले जनाएको छ । युएईमा विभिन्न क्षेत्रमा गरी करिब चार लाख नेपाली कार्यरत रहेको पाइन्छ ।

यसअघि नै कतारले खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा जून १ देखि सेप्टेम्बर १५ तारिख सम्मका लागि काम गर्ने समय सीमा तोकिसकेको छ भने कुवेतले पनि १ जुनदेखि ३१ अगस्टसम्म यो नियम लागू गरिसकेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ५४ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम