‘मानो रोपेर मुरी फलाउने’ महिना, मल माग्दै किसान आन्दोलनमा « Khabarhub

‘मानो रोपेर मुरी फलाउने’ महिना, मल माग्दै किसान आन्दोलनमा


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया – ‘मानो रोपेर मुरी फलाउने’ समयका कैलाली, कञ्चनपुरका किसान भने हातमा ब्यानर र प्लाकार्ड बोकेर आन्दोलनमा उत्रेका छन् ।

यस बर्ष मलको हाहाकार भएपछि किसानहरु सडकमा चक्काजाम गरेर मलको माग गर्ने अवस्थामा पुगेका हुन् । धानको खेतीका लागि मल नपाइएपछि किसानहरुलाई आन्दोलन गर्नुपर्ने बाध्यता आइलागेको किसानहरूले बताएका छन् ।

किसानहरुले मंगलबार सरकारलाई चाँडो भन्दा चाँडो मल उपलब्ध गराउन माग गर्दै अत्तरिया बजारमा आधा घण्टा चक्काजाम गरेका थिए ।

कृषि उपज थोक बजार अत्तरिया र अन्य सरोकारवाला किसानहरुको आयोजनामा गरिएको उक्त विरोध कार्यक्रममा किसानले मलखानको व्यवस्था गर्न र २०७८ कार्तिकमा प्राकृतिक विपत्तिबाट भएको क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।

आन्दोलित किसानहरुले ‘समयमा मल बिउ तब जोगिन्छ हाम्रो जिउ’, ‘नो फार्मर नो फूड’, ‘हामी किसान उत्पादन गर्ने जनशक्ति हो’, ‘देशको भविष्य किसानविना सम्भव छैन’ लगायतका नारा लेखिएका प्लाकार्ड बोकेका थिए ।

कृषि उपज थोक बजार अत्तरिया अध्यक्ष नन्दलाल भट्टले अहिलेको सरकार किसानप्रति उत्तरदायी नभएको बताए । उनले अहिले किसान मल नपाएर निकै मर्माहित भएको बताए ।

‘थिचोमिचोमा परेका किसान अब चुप लागेर बस्दैनन् । अब तुरुन्तै मलको व्यवस्थापन नगरिएको खण्डमा अब कडा आन्दोलन गर्न वाध्य हुनेछौँ,’ उनले भने ‘अब कैलाली कञ्चनपुरका मात्रै नभएर समग्र सुदूरपश्चिमका किसान मल नपाए सडकमा उत्रिन वाध्य हुनेछन् ।’

उनले सरकारले ७ दिनभित्र मलको व्यवस्थापन नगरे अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिए । आन्दोलनमा सहभागी कञ्चनपुरका किसान पतिराम चौधरीले अहिले मल नहुँदा खेती गर्न निकै समस्या भएको बताए । उनले मलको समस्या सामाधानका लागि सरकारले जसरी भए पनि सुनुवाइ गर्नुपर्ने बताए ।

‘विगतका वर्षहरु भन्दा यो बर्ष मलको समस्या झन बढेको छ’ उनले भने ‘समस्या सामाधानका लागि सरकारले हेरिदिनुपर्छ ।’

कैलालीको गोदावरीका किसान खुसिराम चौधरीले २०६० सालदेखि तरकारी धान खेती गरिरहेको भए पनि हाल यस बर्ष मलको समस्या अत्याधिक बढी रहेको बताए । ‘अहिले कृषिमा लगानी बढेको छ । धान खेतीको उत्पादनले गहुँ लगाउन पुग्दैन । गहुँको उत्पादनले धान खेती गर्न पनि पुग्दैन’ उनले भने ‘किसान अहिले निकै मारमा छौ । मल पाइँदैन । डिजल बढेको छ । तर, तरकारीको मुख्य घटेको छ ।’

उनले ३ विगामा धान खेती लगाउने तयारी गरेपछि अहिलेसम्म मल नपाएको बताए । उनले जसरी भए पनि सरकारलाई मल उपलब्ध गराइदिन आग्रह गरे ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : ०२ बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)