‘मानो रोपेर मुरी फलाउने’ महिना, मल माग्दै किसान आन्दोलनमा « Khabarhub

‘मानो रोपेर मुरी फलाउने’ महिना, मल माग्दै किसान आन्दोलनमा


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया – ‘मानो रोपेर मुरी फलाउने’ समयका कैलाली, कञ्चनपुरका किसान भने हातमा ब्यानर र प्लाकार्ड बोकेर आन्दोलनमा उत्रेका छन् ।

यस बर्ष मलको हाहाकार भएपछि किसानहरु सडकमा चक्काजाम गरेर मलको माग गर्ने अवस्थामा पुगेका हुन् । धानको खेतीका लागि मल नपाइएपछि किसानहरुलाई आन्दोलन गर्नुपर्ने बाध्यता आइलागेको किसानहरूले बताएका छन् ।

किसानहरुले मंगलबार सरकारलाई चाँडो भन्दा चाँडो मल उपलब्ध गराउन माग गर्दै अत्तरिया बजारमा आधा घण्टा चक्काजाम गरेका थिए ।

कृषि उपज थोक बजार अत्तरिया र अन्य सरोकारवाला किसानहरुको आयोजनामा गरिएको उक्त विरोध कार्यक्रममा किसानले मलखानको व्यवस्था गर्न र २०७८ कार्तिकमा प्राकृतिक विपत्तिबाट भएको क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।

आन्दोलित किसानहरुले ‘समयमा मल बिउ तब जोगिन्छ हाम्रो जिउ’, ‘नो फार्मर नो फूड’, ‘हामी किसान उत्पादन गर्ने जनशक्ति हो’, ‘देशको भविष्य किसानविना सम्भव छैन’ लगायतका नारा लेखिएका प्लाकार्ड बोकेका थिए ।

कृषि उपज थोक बजार अत्तरिया अध्यक्ष नन्दलाल भट्टले अहिलेको सरकार किसानप्रति उत्तरदायी नभएको बताए । उनले अहिले किसान मल नपाएर निकै मर्माहित भएको बताए ।

‘थिचोमिचोमा परेका किसान अब चुप लागेर बस्दैनन् । अब तुरुन्तै मलको व्यवस्थापन नगरिएको खण्डमा अब कडा आन्दोलन गर्न वाध्य हुनेछौँ,’ उनले भने ‘अब कैलाली कञ्चनपुरका मात्रै नभएर समग्र सुदूरपश्चिमका किसान मल नपाए सडकमा उत्रिन वाध्य हुनेछन् ।’

उनले सरकारले ७ दिनभित्र मलको व्यवस्थापन नगरे अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिए । आन्दोलनमा सहभागी कञ्चनपुरका किसान पतिराम चौधरीले अहिले मल नहुँदा खेती गर्न निकै समस्या भएको बताए । उनले मलको समस्या सामाधानका लागि सरकारले जसरी भए पनि सुनुवाइ गर्नुपर्ने बताए ।

‘विगतका वर्षहरु भन्दा यो बर्ष मलको समस्या झन बढेको छ’ उनले भने ‘समस्या सामाधानका लागि सरकारले हेरिदिनुपर्छ ।’

कैलालीको गोदावरीका किसान खुसिराम चौधरीले २०६० सालदेखि तरकारी धान खेती गरिरहेको भए पनि हाल यस बर्ष मलको समस्या अत्याधिक बढी रहेको बताए । ‘अहिले कृषिमा लगानी बढेको छ । धान खेतीको उत्पादनले गहुँ लगाउन पुग्दैन । गहुँको उत्पादनले धान खेती गर्न पनि पुग्दैन’ उनले भने ‘किसान अहिले निकै मारमा छौ । मल पाइँदैन । डिजल बढेको छ । तर, तरकारीको मुख्य घटेको छ ।’

उनले ३ विगामा धान खेती लगाउने तयारी गरेपछि अहिलेसम्म मल नपाएको बताए । उनले जसरी भए पनि सरकारलाई मल उपलब्ध गराइदिन आग्रह गरे ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : ०२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको