एसपीपी सम्झौता गरेर देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने प्रयास स्वीकार्य हुँदैन – प्रदीप ज्ञवाली « Khabarhub

एसपीपी सम्झौता गरेर देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने प्रयास स्वीकार्य हुँदैन – प्रदीप ज्ञवाली


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य भएको भन्दै आपत्ति जनाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौता गरेर सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य गरेको भन्दै आपत्ति जनाएको हो ।

देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य एमालेलाई स्वीकार्य नरहेको उनको भनाइ छ । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले भने, ‘सदनलाई, सरकारलाई, सिङ्गो देशलाई आग्रह गर्न चाहन्छु, नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन । हामी यो हुन दिँदैनौँ ।’

नेपालको सबै देशसँग मित्रता रहेको भन्दै उनले एसपीपी सम्झौताबारे सरकारले संसद्मा जवाफ दिनुपर्ने माग गरे । नेपाल सैन्य गठबन्धनमा जोडिँदा देशको परराष्ट्रनीति उल्लङ्घन हुने चेतावनी दिएका ज्ञवालीले भने, ‘एसपीपीका बारेमा मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिङ्गो समाज त्रसित, आशङ्कित र गम्भीर भएको छ । कमसेकम यो लेभेलसम्म यो सरकार पुग्ला कसैले पनि अपेक्षा गरेको थिएन । कसको कमान्ड, ब्यानरमा नेपाली सेनालाई अगाडि लिन खोजिँदैछ ? नेपालको एउटा छिमेकीको ढोकैनेर गएर सैनिक गतिविधि गर्न दिने ?’

कुनै देशको रणनीतिको साझेदार बन्न सक्दैनौँ भन्न नसक्नेलाई सरकारमा बसिरहन नैतिक अधिकार पनि नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : २९ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना