प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न नौ कम्युनिस्ट घटकको माग  « Khabarhub

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न नौ कम्युनिस्ट घटकको माग 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न नौ वटा कम्युनिस्ट दलले माग गरेका छन् ।

नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवबाट राष्ट्रघाती सम्झौताहरू हुन सक्ने भन्दै उनको भ्रमण रद्द गर्न माग गरेका हुन् ।

राष्ट्रको अहितमा कुनै प्रकारका सन्धि सम्झौतामा हस्ताक्षर नगर्न पनि माग गरिएको छ ।

विज्ञप्तिमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप एकाएक बढेको र त्यसको सहजकर्ता प्रधानमन्त्री देउवा भएको उल्लेख छ ।

गठबन्धनका अन्य दलहरू पनि अमेरिकी हस्तक्षेपको विरोध गर्नुको सट्टा चाकडी गर्नमा व्यस्त रहेको आरोप लगाइएको छ ।

अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्ग भन्दै नौ कम्युनिस्ट घटकहरूले विरोध गरेका छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : ४० बजे

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

लामो समयपछि सार्वजनिक ठाउँमा हाँसे बालेन

काठमाडौं– सामान्यतया कुनै कार्यक्रम समारोहमा नहाँस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला

काठमाडौं– सरकारले गण्डकी र मधेश प्रदेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति

किरात सांस्कृतिक मेला सम्पन्न, साहित्यकार राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ– किरात राई यायोक्खाको सान तिन, कि लुन चुन क्षेत्रमा रहेको