ओदी पाटनमा पशु सेवा कार्यालय जुम्लाद्वारा भेडा स्रोत केन्द्र स्थापना  « Khabarhub

ओदी पाटनमा पशु सेवा कार्यालय जुम्लाद्वारा भेडा स्रोत केन्द्र स्थापना 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदी पाटनमा पशु सेवा कार्यालय जुम्लाद्वारा भेडा स्रोत केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सञ्चालित भेडा स्रोत केन्द्र स्थापना गरिएको पशु सेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिए । वडा नं २ स्थित ओदी पाटनमा नमूना भेडा स्रोत केन्द्र सुरुवात गरिएको छ ।

 उनका अनुसार एक जिल्लामा एक स्रोत केन्द्र बनाउने प्रदेश सरकारको उद्देश्यअनुसार जिल्लामा भेडा पालनलाई स्तर वृद्धि गरी केन्द्र स्थापना गरिएको हो । तीन वर्ष अघि स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यअनुसार सूचना गरी हिमा–२, ओदी स्थित लामा विष्णु भेडा पालक समूह छनोटमा परेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । लामा विष्णु भेडा पालक समूहका अध्यक्ष नन्दबहादुर रोकायाका अनुसार अहिले सो स्रोत केन्द्रमा २०० भेडा रहेका छन् । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा दुई भेडा बस्ने ठूला क्षमताका ब्लग, एक कार्यालय भवन र ७०० मिटर घेरबार कार्य सम्पन्न भइसकेको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार चन्दननाथ नगरपालिका स्रोत केन्द्रको डिपिआर रु आठ करोड र अन्य चालु खर्च गरी करिब रु ११ करोडमध्ये तीन आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारबाट रु दुई करोड ८० लाख निकासा भएको छ । इन्जिनियर धर्मराज शाहीका अनुसार डिपिआरमा तीन ठूला आधुनिक भेडा बस्ने भवन र एक प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् । सात सय मिटर वरिपरि जालीसहितको घेरबार सम्पन्न भइसकेको छ । उनका अनुसार समूहले पहिलो वर्ष ७० भेडा खरिद गरेको थियो । अहिले बढेर २०० पुगेका छन् ।

 केही भेडा बिक्रीसमेत गरिएको छ । अन्य दुई करिब ५०० भेडा बस्ने क्षमताका भवन, वधशाला निर्माण, खानेपानी, औषधि उपचार, समूहलाई क्षमता अभिवृद्धि तालिमजस्ता कार्यक्रम रहेको इन्जिनियर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : २२ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई