दिया लेख्छिन्, ‘कलाकार बन्नका लागि राम्रो समय आएको छ’ « Khabarhub

दिया लेख्छिन्, ‘कलाकार बन्नका लागि राम्रो समय आएको छ’


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो भदौ १० मा प्रदर्शन हुने फिल्म ‘प्रकाश’ ले आफ्नो प्रचारप्रसारलाई अगाडि बढाई रहेको छ । फिल्मको विषयवस्तुसँग दर्शकलाई साक्षात्कार गराउने उद्देश्य अनुरूप नै निर्माण टिमले पात्र परिचय गराइरहेको छ । केही दिन अगाडि मात्र सार्वजनिक टिजरले दर्शक माझ कौतुहलता छाडेपछि निर्माण टिमले सोलो पोस्टर सार्वजनिक गरिरहेको छ ।

अभिनेता प्रदीप खड्का पश्चात फिल्म टिमले दिया मास्केको क्यारेक्टरलाई पोस्टर मार्फत प्रस्ट्याउन खोजेको छ । रङ्गमञ्चमै अभिनयमा खारिएकी कलाकार दियाले यसमा गाउँले युवतीको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा उनी प्रदीपको आमा बनेकी छिन् ।  जुम्लाको एक विपन्न विवाहित महिलाको भूमिका निर्वाह गरेकी दियाले आफू सीताको चरित्रमा रहेको जानकारी दिएकी छन् । उनले खेत जोत्न हलो र जुवा बोक्दै गरेको तस्वीर पोस्टरमा छ । जुम्लामा द्वन्द्वको चपेटामा परेको परिवारमा उनले नै अभिभाकत्व ग्रहण गरेको तस्वीरले प्रस्ट्याउँछ । यस्तै , गाउँमा महिलाले अभिभाकत्व सम्हाल्नु र हलोले खेत जोत्नुलाई सहज रुपमा लिइदैन ।

यसको अर्थ उनको घरमा उनी बाहेक यो लायक अरु छैनन् । उनले यो क्यारेक्टरलाई फिल्ममा उतार्न सक्नुलाई फिल्मी साहित्यमा आएको चेतको संज्ञा दिएकी छिन् । ‘फिल्म साहित्यमा चेत बढेसँगै अभिनयमा पनि गहिराइ देख्न थलिएको छ । महिला विस्तारै सुन्दरता मात्र नभएर न्यारेटिभको अंग बन्न थालेका छन्’ उनले लेखेकी छिन् । उनले यसको उदाहरणको रुपमा आफूले पछिल्लो समय अभिनय गरेको फिल्म ‘प्रकाश’ को सितालाई लिन आग्रह समेत गरेकी छिन् । उनले दियाबाट सीता बनिरहँदा जुम्लाको भाषा सिक्न र त्यहाँको रहनसहनसँग बानी पार्न गरेको यात्रालाई व्यक्त गरेकी छिन् ।‘कथा छनौट र त्यसको उठानमा नै मिहिनेत गर्न कन्जुस्याइँ गर्ने हामी, झनै पात्र छनौट र चरित्र निर्माणमा त पटक्कै ध्यान दिँदैनौ’ दिया लेख्छिन्, ‘कहिले काहीँ त झन्, हाम्रा फिल्महरूमा महिला पात्रहरू केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरू जस्तो मात्र प्रतीत हुन्छ । हामी उनीहरूको चारित्रिक विशेषता खोज्न तिर शून्य बराबर नै समय खर्चिने गर्छौँ ।’

उनले एकपछि अर्को सशक्त भूमिकाद्वारा फिल्मलाई नै धान्ने शक्तिका रुपमा महिला पात्रहरूलाई आख्यानमा स्थापित गर्न थलिएकोमा खुशी व्यक्त गर्दै नेपाली फिल्ममा कलाकार बन्नका लागि राम्रो समय आएको बताएकी छन् । फिल्मले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । फिल्ममा प्रदीप खड्काले शिक्षक बन्ने युवाको भूमिका निर्वाह गरेका छन् ।

यस फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखक, निरज पन्थी लगायतको पनि अभिनय छ । दिनेश राउत निर्देशित फिल्ममा विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : १४ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा