छिट्टै गीत ल्याउँदै अनिल  « Khabarhub

छिट्टै गीत ल्याउँदै अनिल 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गीतसंगीतमा अनिल सिंहको आफ्नै छुट्टै पहिचान छ । विशेष गरि पप गायनमा उनको नाम अगाडि नै आउने गर्छ । झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए, जसमा अहिले पनि कमी पाइएको छैन । उनले गीत गाउदै गर्दा आफूलाई स्थिर बनाउन सक्ने संगीत प्रेमी दर्शकनै छैनन् भन्दा पनि फरक पर्दैन। किनकी उनको गायन शैली र गीत नै त्यस्तै छ । 

आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुटै फ्यान फ्लोअर्स छन् । यिनै अनिल केहि समयको तयारी पश्चात गीतसंगीतमा फर्किँदैछन् । केही समय संगीतबाट विश्राम झैँ लिएर कन्सर्टमा केन्द्रित भएका अनिलले छिटै सार्वजनिक गर्ने गरि गीतको काम गरिरहेका छन् । ‘रेलिमाई’ बोलको गीतमा अनिलको स्वर मात्र छैन, उनी फिचर्ड पनि छन् ।

आफ्नो गीतहरूमा प्राय आफैँ देखिने अनिलले गीत आउँदो सातासम्म सार्वजनिक हुने बताए । ‘गीतसंगीतसँगै अन्य कामहरू पनि छन् । सबै योजना अनुसार नै अगाडि आउने छन् । यसै नभए आउँदो साता रेलिमाई बोलको गीत सार्वजनिक हुनेछ’ अनिलले भने । उनले गीतसंगीतको बदलिदो ट्रेन्डलाई अध्ययन गर्न जरुरी रहेको समेत बताए ।

‘हामीले एउटा समयमा गरेको कामसँगै अहिले अपडेट भएर , ट्रेन्ड बुझेर आउनु पर्छु अनिलले भने । उनले आफू गीतसंगीतसँगै अन्य विविध कामहरूमा रहेको बताए । उनको आइ लभ यु, प्रेम पत्र, डुब्न देउ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सके लगायतका दर्जन बढी गीत सुपरहिट छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : ५७ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका