ओखलढुङ्गामा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु  « Khabarhub

ओखलढुङ्गामा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा-  ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोलमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् ।

जङ्गली च्याउ खाँदा मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–७ फूलबारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढक कुमारी बिष्ट रहेका छन् ।

आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया बिष्ट, ढक कुमारी समेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भएका थिए । त्यसपछि उनीहरुलाई उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा पठाइएको थियो ।

उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया बिष्टको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : ०२ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको