ओखलढुङ्गामा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु  « Khabarhub

ओखलढुङ्गामा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा-  ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोलमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् ।

जङ्गली च्याउ खाँदा मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–७ फूलबारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढक कुमारी बिष्ट रहेका छन् ।

आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया बिष्ट, ढक कुमारी समेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भएका थिए । त्यसपछि उनीहरुलाई उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा पठाइएको थियो ।

उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया बिष्टको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : ०२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर