आदर्श लघुवित्तको आइपिओ खुला « Khabarhub

आदर्श लघुवित्तको आइपिओ खुला


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले १ असारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । आवेदकहरूले आउँदो ६ असारसम्म आइपिओ भर्न सक्ने छन् । माग बमोजिमको आवेदन नपरे ढिलोमा १५ असारसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले सर्वसाधारणको लागि प्रतिसेयर एक सय रुपैयाँमा ६७ हजार कित्ता सेयर निष्कासन गरेको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जारी गरिएको कित्तामध्ये कम्पनीले ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता सेयर कर्मचारीहरूको लागि र पाँच प्रतिशत अर्थात् तीन हजार तीन सय ५० कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुटाएको छ ।

यी बाहेक बाँकी ६२ हजार ६ सय १५ सय कित्ता सेयर सर्वसाधारणको लागि जारी गरिएको हो । आइपिओ जारी भएसँगै कम्पनीको चुक्ता पुँजी दुई करोड सात लाख पुग्ने छ ।

कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक बैंक अफ काठमाण्डु रहेको छ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड ‘घ’ वर्गको प्रदेश स्तरीय लघुवित्त संस्था हो । यसले बागमती प्रदेशको १३ जिल्लामा मात्रै सञ्चालन अनुमति पाएको छ । लघुवित्त २३ मे २०१८ मा समावेश गरिएको भएपनि सन् २०१९ को जनवरीबाट सञ्चालनमा आएको हो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : २५ बजे

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी