स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानबिन गर्न समिति गठन « Khabarhub

स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानबिन गर्न समिति गठन


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशसभा सदस्य एवं राज्यमन्त्री बिमला कुमारी वलीमाथि छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ ।

जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानुन मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । राज्यमन्त्री वलीले हिजो मंगलबार लुम्बिनी प्रदेशकै एक महिला र बालिकामाथि कुटपिट गरेको आरोप छ । उनले ती महिलाको घरमा गएर तोडफोडसमेत गरेको आरोप छ ।

उनीविरुद्ध किटानी जाहेरी परे पनि प्रहरीले दर्ता भने गरेको छैन । यही घटनाबारे सत्य तथ्य बुझ्नका कार्यदल बनाएको हो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ०३ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६