२० वर्ष उमेर पुगेपछि बिहे गर्नुपर्ने कानुनी प्रावधान सच्याइँदै  « Khabarhub

२० वर्ष उमेर पुगेपछि बिहे गर्नुपर्ने कानुनी प्रावधान सच्याइँदै 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने विद्यमान कानुनी प्रावधान सच्याउनका लागि गृहकार्य थालेको छ । २० वर्ष नपुगी बिहेवारी गर्न नपाउने कानुनी प्रावधानका कारण अपराध बढेको जनाउँदै सरकारले सो प्रावधान सच्याउनका लागि गृहकार्य सुरु गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले यसबारेमा मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिए ।

‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ, व्यक्तिगत रुपमा म बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्टान्डर्डले देखाउँदैन,’ मन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा भने, ‘बरु यसले अपराध बढाउने काम भइरहेको छ, बालविवाह सजाय भइरहेको छ, यसमा रिभ्यु गर्नुपर्छ, रिभ्यूको प्रोसेस कानुन मन्त्रालयले थालिसकेको जानकारी गराउन चाहन्छु ।’ 

उनका अनुसार २० वर्षभन्दा कम उमेरमा बिहे गरेका जोडाजोडीलाई प्रहरीले थुनामा राखेका कारण क्रमशः संख्या बढ्दै जाँदा सामाजिक संरचनामा नै नकारात्मक असर पर्दै गएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ०० बजे

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी