जापानमा जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने « Khabarhub

जापानमा जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानमा आगामी जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने भएको छ । माथिल्लो सदनका सदस्यहरु छनौटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी दिए ।

निर्वाचनको प्रचार अभियान भने यही जुन २२ देखि मात्रै सुरु गर्न पाइने भएको छ । त्यसका लागि दलहरुले भने अबदेखि नै तयारी थाल्ने भएका छन् ।

जापानको माथिल्लो सदनमा २४५ जना सदस्य रहने जनाइएको छ । उनीहरुको कार्यकाल छ वर्षको हुनेछ । माथिल्लो सदनका सदस्यहरुको कार्यकाल तल्लो सदनका सदस्यहरुको भन्दा दुई बर्ष बढी हो ।

त्यसैगरी माथिल्लो सदनको सदस्य बन्नका लागि कम्तीमा ३० बर्षको हुनुपर्नेछ, जवकी तल्लो सदनको सदस्य हुनका लागि कम्तीमा २५ बर्षको भए पुग्ने व्यवस्था छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ०२ बजे

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित