मेक्सिकोमा सुरक्षा कारवाहीमा १० बन्दुकधारी मारिए « Khabarhub

मेक्सिकोमा सुरक्षा कारवाहीमा १० बन्दुकधारी मारिए


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेक्सिकोमा सुरक्षा कारवाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको छ ।

राजधानी मेक्सिको सिटीबाट १३० किलोमिटर दक्षिणपश्चिममा रहेको टेहकालटिट्लान नगरमा प्रहरीले गरेको कारवाहीमा १० बन्दुकधारी मारिएको अमेरिकी टेलिभिजन च्यानल एबीसीको अनलाइन संस्करणले जनाएको छ ।

सुरक्षाकर्मीको कारवाहीमा अरु ४ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

सो क्षेत्रमा सरकारी अधिकारीहरुले संदिग्ध अपराधीहरुलाई पक्राउका लागि पूर्जी लिएर गएको र त्यस क्रममा त्यहाँ रहेका बन्दुकधारीहरुले सुरक्षा टोलीमाथि नै गोली चलाएको जनाइएको छ । सो क्षेत्रमा बारम्बार आपराधिक घटनाहरु हुँदै आएको बताइन्छ ।

दोहोरो गोली हानाहानमा ती बन्दुकधारी मारिएका प्रहरी अधिकारीले जनाएका छन् । त्यस कारवाहीका क्रममा अरु सात जना बन्दुकधारीलाई पक्राउ गरिएको छ ।

अधिकारीहरुले घटनास्थलबाट २० राइफाल, पेस्तोल, गोलीगठ्ठा, सैनिक पोसाक र बुलेटप्रुफ भेष्ट बरामद गरेको एबीसीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : २२ बजे

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको