आर्थिक

प्रदेश १ सरकारद्वारा लोकमार्ग निर्माणका लागि ५ अर्ब बजेट विनियोजन

By खबरहब

June 15, 2022

विराटनगर– प्रदेश १ सरकारले लोकमार्गहरू निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशमा सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन गरिएको बताए ।

इटहरीमा टेङ्ग्रा खोलालाई बुढीखोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ । त्यस्तै, स्थानीय  तह जोड्ने सडकका लागि ४४ करोड, जनता आवासका लागि २५ करोड, निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि ९० करोड, सिँचाइ खानेपानीको लागि ६ अर्ब बजेट विनियोजन गरिएको छ ।