सैन्य प्रशिक्षणका लागि भारतमा अफगान सैनिक पठाउन तालिबान तयार « Khabarhub

सैन्य प्रशिक्षणका लागि भारतमा अफगान सैनिक पठाउन तालिबान तयार


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तमा शासन चलाइरहेको तालिबानले भारतमा आफ्ना सैनिकलाई तालिमका लागि पठाउन तयार रहेको जनाएको छ ।

तालिबानको सरकारका रक्षामन्त्री मुल्लाह याकुबले अफगान सैनिकलाई सैन्य प्रशिक्षणका लागि भारत पठाउन तयार रहेको जनाएका हुन् ।

तालिबानका संस्थापक मुल्लाह ओमरका छोरा समेत रहेका उनले भारतमा सैनिक तालिमका लागि अफगान सैनिकलाई पठाउन तयार रहेको जनाएका हुन् ।

पाकिस्तानी समाचार पोर्टल द न्युज पाकिस्तानका अनुसार ‘भारतसँग नजिकको साझेदारीका लागि तयार हुनुहुन्छ ?’ भन्ने भारतीय सञ्चार माध्यमको प्रश्नमा मुल्लाह याकुबले सुरुमा आफूहरु कूटनीतिक सम्बन्धको पक्षमा रहेको र त्यसपछि मात्र रक्षा साझेदारीबारे विचार गरिने प्रतिक्रिया दिएका थिए ।

भारतीय टेलिभिजन च्यानल न्युज १८ सँग याकुबले अफगान सैनिकलाई भारतमा तालिमका लागि पठाउन तयार रहेको जनाएका हुन् । ‘हो, हामी यसमा कुनै समस्या देख्दैनौँ । अफगान भारत सम्बन्ध अझ मजबुत हुनेछ र यसका लागि हामी तयार छौँ ।’ मुल्लाह याकुबलाई उद्धृत गर्दै द न्युज पाकिस्तानले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : २३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन