सैन्य प्रशिक्षणका लागि भारतमा अफगान सैनिक पठाउन तालिबान तयार | Khabarhub Khabarhub

सैन्य प्रशिक्षणका लागि भारतमा अफगान सैनिक पठाउन तालिबान तयार


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तमा शासन चलाइरहेको तालिबानले भारतमा आफ्ना सैनिकलाई तालिमका लागि पठाउन तयार रहेको जनाएको छ ।

तालिबानको सरकारका रक्षामन्त्री मुल्लाह याकुबले अफगान सैनिकलाई सैन्य प्रशिक्षणका लागि भारत पठाउन तयार रहेको जनाएका हुन् ।

तालिबानका संस्थापक मुल्लाह ओमरका छोरा समेत रहेका उनले भारतमा सैनिक तालिमका लागि अफगान सैनिकलाई पठाउन तयार रहेको जनाएका हुन् ।

पाकिस्तानी समाचार पोर्टल द न्युज पाकिस्तानका अनुसार ‘भारतसँग नजिकको साझेदारीका लागि तयार हुनुहुन्छ ?’ भन्ने भारतीय सञ्चार माध्यमको प्रश्नमा मुल्लाह याकुबले सुरुमा आफूहरु कूटनीतिक सम्बन्धको पक्षमा रहेको र त्यसपछि मात्र रक्षा साझेदारीबारे विचार गरिने प्रतिक्रिया दिएका थिए ।

भारतीय टेलिभिजन च्यानल न्युज १८ सँग याकुबले अफगान सैनिकलाई भारतमा तालिमका लागि पठाउन तयार रहेको जनाएका हुन् । ‘हो, हामी यसमा कुनै समस्या देख्दैनौँ । अफगान भारत सम्बन्ध अझ मजबुत हुनेछ र यसका लागि हामी तयार छौँ ।’ मुल्लाह याकुबलाई उद्धृत गर्दै द न्युज पाकिस्तानले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : २३ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि