तालिबानद्वारा शिया नेताको कार्यालय बन्द « Khabarhub

तालिबानद्वारा शिया नेताको कार्यालय बन्द


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकको गजनी प्रान्तमा दुई जना शिया मुसलमान नेताको कार्यालय बन्द गरिदिएको छ ।

गजनी प्रान्तका दुई प्रभावशाली शिया नेताहरु आयातोल्लाह मोहम्मद इशाक फैयाज र आयातोल्लाह मोहकेक काबुलीको कार्यालय बन्द गरिदिएको हो ।

तालिबानका कार्यकताहरुले पछिल्ला केही दिनयता ती शिया नेताहरुको कार्यालयमा बेलाबेला निरीक्षण गर्दै आएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

अफगानिस्तानमा दशकौँदेखि शिया अल्पसङ्ख्यकहरु तालिबान, अल कायदा, इस्लामिक स्टेटजस्ता उग्रवादी सुन्नी लडाकु समूहको निशानामा पर्दै आएका छन् ।

यसअघि गत ईदमा तालिबानले दर्जनौँ शिया मस्जिद बन्द गराएको थियो । गत अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता त्यहाँ धार्मिक एवम् साम्प्रदायिक अल्पसङ्ख्यकमाथि हिंसात्मक आक्रमण बढ्दै गएको जनाइएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : २५ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो