इलेक्ट्रोनिक सामान चोरीमा संलग्न ५ जना पक्राउ « Khabarhub

इलेक्ट्रोनिक सामान चोरीमा संलग्न ५ जना पक्राउ


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको च्यासलमा रहेको इलेक्ट्रोनिक पसलबाट सामान चोरी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले च्यासलमा रहेको सौरभ इन्टरनेशनल कम्पनीको गोदामबाट टीभी, वाशिङ मेसिन, एअर कन्डिस्नर, पङ्खा, ग्यास चुल्हो, वाटर डिस्पेन्सरजस्ता सामानहरु चोरी गरेको रहेको भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङजा जिल्लाको आँधिखोला घर भइ हाल बालकुमारीमा बसोबास गर्दै आएका कम्पनीको सुरक्षा गार्ड १९ वर्षीय अंकित भुजेल, धादिङ घर भइ हाल च्यासलमा बसोबास गर्दै आएका २४ वर्षीय सरोज खतिवडा, धादिङ घर भइ कलङ्की बस्दै आएका २२ वर्षका विजय थापा छन् ।

त्यस्तै, प्रहरीले काभ्रे घर भइ हाल बालकुमारीमा बसोबास गर्दै आएका ४० वर्षीय बिनोद शाही र भारत बिहार घर भइ हाल धादिङमा बसोबास गर्दै आएका ३२ वर्षीय किशोर कुमार साहलाई पनि पक्राउ गरेको छ ।

गोदामको चाबी मिलाएर सामान चोरी गरी काठमाडौं उपत्यका भित्र तथा उपत्यका बाहिरका स्थानहरुमा बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले चोरी भएका सामानहरु समेत बरामद गरिएको प्रहरीको भनाइ छ । उनीहरुलाई थप अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : ०४ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको