इलेक्ट्रोनिक सामान चोरीमा संलग्न ५ जना पक्राउ | Khabarhub Khabarhub

इलेक्ट्रोनिक सामान चोरीमा संलग्न ५ जना पक्राउ


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको च्यासलमा रहेको इलेक्ट्रोनिक पसलबाट सामान चोरी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले च्यासलमा रहेको सौरभ इन्टरनेशनल कम्पनीको गोदामबाट टीभी, वाशिङ मेसिन, एअर कन्डिस्नर, पङ्खा, ग्यास चुल्हो, वाटर डिस्पेन्सरजस्ता सामानहरु चोरी गरेको रहेको भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङजा जिल्लाको आँधिखोला घर भइ हाल बालकुमारीमा बसोबास गर्दै आएका कम्पनीको सुरक्षा गार्ड १९ वर्षीय अंकित भुजेल, धादिङ घर भइ हाल च्यासलमा बसोबास गर्दै आएका २४ वर्षीय सरोज खतिवडा, धादिङ घर भइ कलङ्की बस्दै आएका २२ वर्षका विजय थापा छन् ।

त्यस्तै, प्रहरीले काभ्रे घर भइ हाल बालकुमारीमा बसोबास गर्दै आएका ४० वर्षीय बिनोद शाही र भारत बिहार घर भइ हाल धादिङमा बसोबास गर्दै आएका ३२ वर्षीय किशोर कुमार साहलाई पनि पक्राउ गरेको छ ।

गोदामको चाबी मिलाएर सामान चोरी गरी काठमाडौं उपत्यका भित्र तथा उपत्यका बाहिरका स्थानहरुमा बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले चोरी भएका सामानहरु समेत बरामद गरिएको प्रहरीको भनाइ छ । उनीहरुलाई थप अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : ०४ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र