कपोलकल्पित कथा बुनेर सरकार र गठबन्धनलाई बदनाम गर्न खोजियो :अर्थमन्त्री | Khabarhub Khabarhub

कपोलकल्पित कथा बुनेर सरकार र गठबन्धनलाई बदनाम गर्न खोजियो :अर्थमन्त्री


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको सघन उपचार खोज्ने ध्येयका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि राजनीतिक बखेडा झिकिएको बताएका छन् ।  ‘देश र जनतालाई केन्द्रमा राखेर बजेट बनाउँदा मैले गल्ती गरे भन्ने लाग्दैन । बजेट निर्माणका प्रक्रिया र पद्धतिलाई अक्षरशः कार्यान्वयन गरिएको छ । यस विषयलाई राजनीतिक एजेण्डा बनाउनु गलत छ । केही उपाय नपाएपछि मलाई देखाएर समग्र सरकार र गठबन्धनमाथि प्रहार गर्न खोजिएको हो’, अर्थमन्त्रीले भने । 

अर्थमन्त्री शर्माले अर्थतन्त्रको समग्र उन्नयनलाई केन्द्रमा राखेर काम गर्दा अपराध ठानिन्छ भने त्यसलाई आफूले थप टिप्पणी नगर्ने बताए । आयात घटाउने र उत्पादन बढाउने एवं किसानलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपछि केहीलाई छटपटी भएको उनको भनाइ छ । हुँदै नभएको कथा बुनेर सरकार, अर्थ मन्त्रालयप्रति गरिएको टिकाटिप्पणीप्रति उनले गम्भीर आपत्ती जनाए।

बजेट निर्माणको अन्तिम दिन मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश नगरेको स्पष्ट पार्दै उनले अर्थसचिव, राजश्व सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र सम्बन्धित विभागका प्रमुख सम्मिलित समूहले बजेट तयार पारेको र त्यसमा नीतिगत मार्गदर्शन मात्रै आफूले गरेको अर्थमन्त्री शर्माले बताए । बजेट निर्माणको इतिहासमा पहिलो पटक सबै वर्ग, क्षेत्र, समूह तथा सरोकारवालाको चासो र चिन्तालाई छलफल तथा संवादका माध्यमबाट समेटिएको उल्लेख गर्दै उनले कुनै पनि बहाना नपाएपछि करको दर हेरफेर गरेको तथा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने जस्ता कथा बुनिएको बताए । 

अर्थमन्त्रीले भने, “कथामा भनिएको १२ बजेको समयमा म मन्त्रालयमा थिइन, मन्त्री निवासमा थिए । मन्त्री निवासको सुरक्षाकर्मीसँग गएर बुझ्नुस् ।” उनले सरकार र गठबन्धनप्रति लाञ्छना लगाउने र आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने षड्यन्त्र गरिएको र सरकारलाई हिलो छ्याप्न खोजिएको टिप्पणी गरे । 

अर्थमन्त्री शर्माले देश, जनता र समस्यामा परेको अर्थतन्त्र उकास्न र त्यसलाई गति दिन इमानदार भएर प्रयास गर्दा त्यसैलाई अपराध ठानिन्छ भने आफ्नो भन्नु केही नभएको प्रतिक्रिया दिए । बजेट निर्माणको अन्तिम दिन जेठ १४ गते अनधिकृत मानिसलाई मन्त्रालयमा प्रवेश गराएर अर्थमन्त्रीले करको दर हेरफेर गरेको तथा केही व्यापारिक समूहको स्वार्थअनुसार काम गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभामा विरोध जनाएको छ । 

मङ्गलबार पनि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूचीमा अर्थमन्त्रालय समावेश थियो । एमालेले विरोध गरेपछि मङ्गलबार पनि अर्थमन्त्रीले संसद्मा जवाफ दिन पाएनन् । बुधबार पनि अर्थ मन्त्रालयको जवाफ दिने विषय कार्यसूचीमा नै परेन । एमालेले संसदीय छानबिन समिति वा राजीनामा नदिँदासम्म अर्थमन्त्रीलाई जवाफ दिन नदिने जिकिर गरिरहेको छ । 

मन्त्रालयमा को–को मानिस आउँछन्, त्यसको सबै जानकारी आफूलाई नहुने भन्दै उनले बजेटमा विरोध गर्ने कुनै पनि उपाय नपाएपछि राजनीति गर्ने अभिप्रायका साथ विरोधका लागि विरोध गरिएको स्पष्ट पारे । कथा पटकथा बनाएर सरकार र गठबन्धनविरुद्ध निशाना साँधिएको र त्यसमा अर्थमन्त्रीलाई प्रहार गर्दा सफलता हासिल गर्न सकिन्छ भन्ने गलत उद्देश्य राखिएको उनको भनाइ छ । अर्थमन्त्रीले अर्थ मन्त्रालयले समग्र दृष्टिकोणका साथ अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि दत्तचित्त भएर लागिपरेको बताए । 

उनले शेयर बजारमा देखिएको समस्या समाधानका लागि आफूले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई स्पष्ट निर्देशन गरेको र त्यसअनुसार काम भइरहेको उल्लेख गरे। उनले अर्थतन्त्र श्रीलङ्काको बाटोमा भन्दै गरिएको प्रचारमा समेत सत्यता नभएको जानकारी दिए । ‘आगामी आवको बजेटले नेपाललाई श्रीलङ्का हुनबाट जोगाएको छ । हामी समस्यामा छैनौँ । विदेशी मुद्राको सञ्चिती जोगाउनका लागि हामी इमानदार भएर काम गरिरहेका छौँ’, उनले भने। 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : ५२ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने