बजेटका काम सकिएलगतै नयाँ मन्त्रीहरूलाई सरकारमा पठाउने नेकपा (एस) को निर्णय « Khabarhub

बजेटका काम सकिएलगतै नयाँ मन्त्रीहरूलाई सरकारमा पठाउने नेकपा (एस) को निर्णय


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले स्थानीय तहको समीक्षा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले व्यापक परिमार्जन सहित समीक्षा प्रतिवेदन पारित गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उक्त प्रतिवेदनलाई केन्द्रीय कमिटी बैठकले अन्तिम रूप दिने उनले बताए । बैठकले असार १० गते पोलिट्ब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ भने असार १३ र १४ गते केन्द्रीय परिषद्को बैठक बोलाउने निर्णय गरेको खतिवडाले जानकारी दिए । बैठकले बजेटका काम सकिएलगतै नयाँ मन्त्रीहरूलाई सरकारमा पठाउने निर्णय गरेको उनले बताए। त्यस्तै बैठकले पार्टीको अनुशासनविरुद्ध काम गर्ने १२ जनालाई कारवाही गरेको पनि उनले जानकारी दिए । उनले पार्टी अव आम निर्वाचनको तयारीमा लाग्ने बताए ।

राष्ट्रिय हितको प्रतिकुल हुने कुनै पनि सम्झौता नगर्न सरकारलाई सजग गराउने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : ५७ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको