नेपालले नै एसपीपीमा सामेल हुन दुईपटक निवेदन दिएको हो : अमेरिका « Khabarhub

नेपालले नै एसपीपीमा सामेल हुन दुईपटक निवेदन दिएको हो : अमेरिका


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सामेल हुन नेपालले दुईपटक निवेदन दिएको अमेरिकाले स्पष्ट पारेको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल मिकलरले आज दिउँसो केही पत्रकारहरुसँगको कुराकानीका क्रममा नेपालले एसपीपीमा सामेल हुन सन् २०१५ र २०१७ मा निवेदन दिएको जानकारी दिएका हुन् ।

नेपालले दुुई पटक निवेदन दिएपछि बल्ल अमेरिकाले सन् २०१९ मा अनुरोध स्वीकार गरेको स्पष्ट पारे । उनका अनुसार सन् २०१९ मा अमेरिकी राज्य युटाको नेशनल गार्डसँग सहकार्य गर्ने गरि उक्त अनुरोध स्वीकार गरिएको हो ।

अमेरिकाको तर्फबाट एसपीपीमा हस्ताक्षर गर्न नेपाललाई कुनै पनि दबाब नदिएको पनि उनले जनाए । एसपीसी नेपालको उत्तरी छिमेकी चीनविरुद्ध प्रयोग नहुने पनि उनले प्रस्ट पारे । २५ वर्ष अघि अस्तित्वमा रहेको र ९० मुलुकमा ८० भन्दा बढी सहकार्य भएको बताउँदै ती सबै मुलुकहरु यस क्षेत्रमा नरहेको पनि बताए ।

केहि सञ्चारमाध्यमहरुमा एसपीपीको बारेमा सार्वजनिक भएका दस्तावेजहरु गलत भएको उनको भनाइ छ । एसपीसी कार्यक्रम सुरक्षा र सैन्य गठबन्धन नरहेको उल्लेख गर्दै उपप्रमुख मिकलरले यसबाट द्विपक्षीय लाभ लिन सकिने बताए ।

उनले एसपीपीबाट अमेरिकाको द्विपक्षीय सम्बन्ध, जनस्तरको सम्बन्ध, कूटनीतिक संलग्नता, अन्तरसैनिक सहकार्य, व्यापार र समान विचारलाई बलियो हुने बताए । एसपीपीअन्तर्गत प्राकृतिक प्रकोप, विपद्, भूकम्प, बाढी, आगलागी जस्ता समस्या पर्दा तुरुन्त उद्धार गर्नको लागि अमेरिकी नेशनल गार्डसँग गृहकार्य गर्ने रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : ३१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले