वर्तमान बजेटमाथि अर्थमन्त्री र अर्थविदबीच छलफल « Khabarhub

वर्तमान बजेटमाथि अर्थमन्त्री र अर्थविदबीच छलफल


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग व्यवसायी महासंघले वर्तमान बजेटको विषयमाथि छलफल गरेको छ ।

आज (बुधवार) कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बजेटको विषयमा केन्द्रित रहेर बृहद छलफल गरिएको महासंघले जनाएको छ । कार्यक्रममा अर्थविद र अर्थमन्त्रीबीच नेपालको अर्थतन्त्र र बजेटबारे छलफल भएको थियो ।

कार्यक्रममा वरिष्ठ अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्री, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका केन्द्रीय अर्थशास्त्र विभागका विभागीय प्रमुख प्रा.डा शिवराज अधिकारी, अर्थविद् तथा राष्ट्रिय आर्थिक सरोकार समाजका केन्द्रीय अध्यक्ष गंगा बहादुर थापा, वरिष्ठ र्अशास्त्री प्रा.डा जीवनाथ धिताल, अर्थविद डा. चन्द्रमणी अधिकारी, अर्थविद् डा.उत्तम खनाल, अर्थविद् केशवराज पन्थी, अर्थविद गंगा कार्की राष््िरय योजना आयोगका पूर्व सदस्य तथा अर्थविद् डा. चन्द्रकान्त पौडेल लगायतको उपस्थिति थियो ।

छलफलपछि अर्थविदहरुले यो बजेट विकासमुखी रहेको र यसलाई सकारात्मक रुपमा लिइनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका अर्थमन्त्री शर्माले यो बजेटले मुलुकलाई अस्थिरताबाट स्थिरतातर्फ र आयातबाट उत्पादनतर्फ लैजाने बताए ।

उनले नेपालसँग प्रशस्त स्रोतहरु रहेको र त्यसको सदुपायेग गर्ने क्षमता आम जनतामा पुर्‍याउनुपर्ने धारणा राखे ।

त्यस्तै अर्थमन्त्री शर्माले बजेटलाई अझै प्रभावकारी बनाउँदै अघि बढाउन महासंघले ठूलो भूमिका खेल्ने कुरामा आफू विश्वस्त रहेको पनि बताए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : ३७ बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।