बिहीवारदेखि भृकुटीमण्डपमा ‘चेम्बर एक्स्पो २०२२’ हुने « Khabarhub

बिहीवारदेखि भृकुटीमण्डपमा ‘चेम्बर एक्स्पो २०२२’ हुने


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा बिहिबारदेखि शुरु हुँदैछ ।

मेलाको पाँचौ संस्करणको प्रधानमन्त्री शेर बहादुर देउवाले भृकुटीमण्डपमा बिहान ११ वजे उद्घाटन गर्ने कार्यक्रम छ । कोभिड–१९ संक्रमण जोखिमका कारण अघिल्ला दुई संस्करण भने रोकिएको थियो ।

संक्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधिलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनहरुको प्रर्वद्धन गर्न चेम्बरले पाँचौ अन्तराष्ट्रिय एक्स्पो गर्न लागेको जनाएको छ ।

पाँचौ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिइएको चेम्बरले जनाएको छ ।

चेम्बर एक्स्पोमा अन्तराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तराष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहलाई नजिकबाट नियाल्न तथा नेपाली उद्योगी व्यवसायीहरुलाई सहयोेग मिल्ने चेम्बरले जनाएको छ ।

मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवं उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रर्दशनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास गरिएको छ ।

मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडिबुटी जन्य वस्तुहरु, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य वस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामाग्रीहरुको प्रर्दशनी एवं बिक्री गरिने आयोजक चेम्बरले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहकार्यमा आयोजित अन्तराष्ट्रिय मेलामा बंगलादेश पार्टनर कन्ट्रीको रुपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरी १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् ।

कोभिड १९ बाट शिथिल अर्थतन्त्रलाई क्रियाशील बनाउने उद्देश्यले विभिन्न राष्ट्रको सहभागितामा अन्तराष्ट्रिय एक्स्पो आयोजना गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए ।

‘विगत बर्षहरुमा कोरोना महामारीका कारण चेम्बरबाट आयोजना गरिने एक्स्पो स्थगित भएको थियो । अहिले पाँचौ संस्करण मेला आयोजना गरिएको छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय मेलाले नेपाली उत्पादनको बजारीकरण गर्न तथा अन्तराष्ट्रिय व्यापारिक समुदायलाई सहभागी गराई गतिशील आर्थिक वातावरण निर्माण गर्ने मुख्य उद्देश्य रहेको उनले बताए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : १७ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी