बाराका उपभोक्तालाई रौतहटको वन प्रवेशमा प्रतिबन्ध « Khabarhub

बाराका उपभोक्तालाई रौतहटको वन प्रवेशमा प्रतिबन्ध


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहट जिल्लाको रौतहट र बाराको सिमानामा रहेको सबडिभिजन वन कार्यालय धन्सारका वन कर्मचारीले बारा निजगढ नगरपालिका स्थित सिगौंलका बासिन्दाहरुलाई रौतहटको वन क्षेत्रमा घाँस, दाउरा गर्न र चरिचरणमा रोक लगाएका छन् ।

वन कर्मचारीहरुले वन प्रवेश गर्ने तथा सडकमा बसेर घाँस, दाउरा गर्न र चरिचरणमा जाने सर्वसाधारणलाई रोक लगाएका हुन् । डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत (डिएफओ) सुनिलकुमार कर्णको निर्देशनमा कर्मचारीहरुले बाराका सर्वसाधारणलाई थुन्ने धम्की दिएको स्थानीयले बताएका छन् ।

रौतहटको सीमा क्षेत्रमा पर्ने निजगढ नगरपालिकाको सिगौंलका उपभोक्ताले वर्षैअघिदेखि धन्सार पारी रौतहटको वन क्षेत्रबाट घाँस, दाउरा गर्दै आएका छन् । डिएफओ फेरिएपछि स्थानीय उपभोक्ताहरुलाई अनावश्यक रुपमा दुख दिने गरेको स्थानीय लालबहादुर तामाङ्गले बताए । उनका अनुसार सर्वसाधारणलाई घाँस दाउरा गर्न रोक लगाउने तर तस्कहरुसंको मिलिमतोमा कर्मचारीहरुले नै वन फडानी गर्ने गरेको पनि स्थानीयको आरोप छ ।

सो क्षेत्रको अरुणबस्ती आसपासको वन क्षेत्रमा वन कर्मचारी र काठ तस्करहरुको  मिलिमतोमा वन फडानी गरेर घर टहरा निर्माण गर्ने र सालको गोलिया तस्करी भइरहँदा पनि नियन्त्रण गर्नेतर्फ डिएफओ कर्णले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ ।

डिएफओ कर्ण केही दिनअघि मात्रै जिल्ला वन कार्यालय रौतहटमा सरुवा भई आएका हुन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : ३२ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर