फ्राइडे फिल्म : हलमा दुई नेपाली फिल्म  « Khabarhub

फ्राइडे फिल्म : हलमा दुई नेपाली फिल्म 


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्राइडे रिलिज अन्तर्गत हलमा चार नयाँ फिल्म आएका छन् । दुई नेपाली र दुई भारतीय फिल्म बक्स अफिसमा उत्कृष्ट बन्ने दौडमा छन्। नेपाली फिल्म सम्झना बिर्सना र सिल्ली फोसँगै विदेशी फिल्म स्याबास मिठ्ठु र जुदा होके भी प्रदर्शनमा आएको छ । भारतीय दुई फिल्मको चर्चा भारतमै समेत छैन । नेपाली फिल्म तर्फ आकाश श्रेष्ठ र पूजा शर्मा अभिनीत फिल्मलाई लिएर निर्माण पक्ष आशावादी छन्।

दर्शकले रुचाएको जोडीको रूपमा चिनिएको आकाश र पूजा अभिनीत फिल्म ‘सम्झना बिर्सना’ लाई निमेष प्रधानले निर्देशन गरेका हुन् । उनकै लेख्न रहेको फिल्ममा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको सम्मिश्रण छ । दार्जिलिङ, सिल्गुढी, सिक्किमलगायतका रमणीय स्थानमा खिचिएको फिल्ममा आकाश र पूजासँगै सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणाको अभिनय रहेको छ । फिल्म आकाश , पूजा र छुल्ठिमको वरपर घुमेको छ ।

अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्मका सार्वजनिक दुई गीत–‘परेलीमा लुकाउँछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ अहिले दर्शक श्रोता माझ चर्चित छन् । आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिव ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राई र रामजी लामिछानेको कोरियाग्राफी रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गरेको हो ।

अर्को नेपाली फिल्म ‘सिल्ली फो’ मा चार जना पात्र छन् जो संघर्ष गर्दा समाजबाट मूर्ख ठहरिन्छन् ।  यसमा केकी अधिकारी, रविन्द्र झा, राजाराम पौडेल, धीरेन शाक्य, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईँ, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल, रेजिना थापा लगायतले अभिनय गरेका छन् । केकीले करिअर स्थापित गर्न संघर्षशील अभिनेत्रीको भूमिका फिल्ममा निर्वाह गरेको बताएकी छिन् । राज बहादुर साने फिल्मका निर्देशक हुन्।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १२ : ३१ बजे

वर्षमानले भने- प्रचण्डको आउने चाहना थियो ,स्वास्थ्य अवस्थाले दिएन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पार्टी संयोजक पुष्पकमल

रास्वपाले पाएको जिम्मेवारी पुरा नगरे देश र जनतालाई धोका हुन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको जिम्मेवारी पुरा गर्ने

काठमाडौं महानगरस्तरीय अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजना

बेड क्षमता र दायरा बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको

स्टेजका अतिथि र रास्वपा सांसदहरूलाई पनि मोही (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी रास्वपा महाधिवेशनमा स्टेजमै अतिथि र सांसदहरूलाई मोही