‘तिमीलाई रोजेँ’ नयाँ भर्सनमा आउँदै  « Khabarhub

‘तिमीलाई रोजेँ’ नयाँ भर्सनमा आउँदै 


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक राजेश पायल राईले कलाकार मुरलीधरको अत्यन्तै मन पराइएको गीत तिमीलाई रोजेँ पुनः आफ्नो स्वरमा रि–रेकर्ड गराएका छन्।यसबारे उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्। यस गीतलाई भिडियो निर्माण गरेर सार्वजनिक गर्ने तयारी छ।

वर्षौँ पहिले गायक, संगीतकार, गीतकार तथा कलाकार समेत रहेका मुरलीधरको उक्त गीतलाई गायक राजेशपायलले आफ्नो स्वरमा रेकर्ड गरी सुपरहिट एल्बम बैगुनी रैछौ मायालु एल्बममा संग्रहित गरेका थिए।

बुधबार गुरु पूर्णिमाको अवसर पारेर हस्ती संगीतकर्मी तथा कलाकर्मी मुरलीधर र गायक राजेशपायलबीच उक्त गीत नयाँसाज सज्जाका साथ पुनः रेकर्ड गरी रिलिज गर्ने सम्झौता भएको छ।

यसै अवसरमा गायक राजेश पायल र मुरलीधरसँग नयाँ गीत संगीतको लागिसमेत सहकार्य हुने सम्झौता गरिएको छ। गायक राजेशपायलले यो गीतबाट मुरलीधरसँगको सहकार्यको श्रृंखला अघि बढ्ने बताए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १ : ४३ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ