नेप्से परिसूचक ७.९३ अंकले बढ्याे, १ अर्ब ४५ करोडको कारोबार « Khabarhub

नेप्से परिसूचक ७.९३ अंकले बढ्याे, १ अर्ब ४५ करोडको कारोबार


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७.९३ अंक बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो । दुई घण्टा अवधिमा कारोबारमा आएका २३१ धितो पत्रको ४० लाख ५१ हजार ७७१ कित्ता सेयर २१ हजार ६१५ पटकमा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

शुक्रबार आव २०७८/७९ को अन्तिम कारोबार दिन हो । यस आर्थिक वर्षमा नेप्से ऐतिहासिक ३२ सय विन्दुसम्म पुगेको थियो । अहिले नेप्से परिसूचक २ हजार विन्दुमा छ । ११ महिना अवधिमा केही लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गरे भने केहीले गुमाएका छन् ।

कारोबारमा आएका २३१ धितोपत्रमध्ये दुई धितो पत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । १०.५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट डिबेञ्चर २०८२ र १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यसैगरी, शुक्रबार सबैभन्दा बढी ग्रीन हाइड्रोपावरको सेयर मूल्य ५ दशमलव ३१ प्रतिशत घटेको छ । सेयर मूल्य प्रतिकित्ता  ३०३ रुपैयाँमा झरेको हो । त्यसैगरी दोस्रोमा माउण्टेन हाइड्रो नेपालको सेयर मूल्य ४ दशमलव ७६ प्रतिशत घटेर २७२ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक शेयर खरिदबिक्री अपर तामाकोशी हाइड्रोपावरको भएको छ । कम्पनीको १९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएसँगै सर्वाधिक शेयर खरिदबिक्री भएको हो । बिहीबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसैगरी, सर्वाधिक सेयर खरिदबिक्री हुने दोस्रोमा एभरेष्ट बैंकको ६ करोड ९४ लाख रुपैयाँ बराबरको भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक १ दशमलव ५७ प्रतिशत बढेको छ । त्यसैगरी समूहगत परिसूचक घट्नेमा अन्य समूहको परिसूचक १ दशमलव ६८ प्रतिशत घटेको हो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ३ : ४३ बजे

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री

महामन्त्रीमा प्रमोद न्यौपानेको उम्मेदवारी, दीपक बोहरा पदाधिकारी दौडबाट बाहिर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयन प्रक्रियामा