‘कन्ट्रोभर्सी क्वीन’ वीना « Khabarhub

‘कन्ट्रोभर्सी क्वीन’ वीना


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिग बोस सिजन ४ मा आफ्नो सुन्दरता रोमान्टिक अन्दाजले दर्शकको मन जितेकी वीना मलिक सायदै सबैले भुलेका होलान् ।

अश्मित पटेलसँग बीबी हाउसमा उनको रोमान्सले शोको टीआरपी बढेको जगजाहेर नै छ । आफ्नो सुन्दरता र बेवाक शैलीका कारण लोकप्रिय बनेकी पाकिस्तानी अभिनेत्री मलिक अहिले कहाँ, के गर्दै छिन् भन्नेमा आम चासो छ ।

वीनाले कैयौँ पाकिस्तानी र बलिउड फिल्ममा काम गरेकी छन् । उनले पाकिस्तानी फिल्म ‘तेरे मेरे प्यार मे’बाट अभिनयमा पाइला चालेकी थिइन् । त्यसपछि उनी ‘ये दिल आपका हुआ’, ‘कोई तुझ सा कहाँ’, ‘क्यो तुमसे इतना प्यार है’ जस्ता फिल्ममा देखिइन् ।

बलिउडमा उनले सन् २०१२ मा ‘दाल मे कुछ काला है’मा अभिनय गरिन् । त्यसपछि उनी ‘सुपरमोडल’, ‘जिन्दगी ५०-५०’, ‘मुम्बई १२५केएम थ्रीडी’ जस्ता फिल्ममा देखिइन् । भारतमा वीनालाई बिग बोसले चर्चामा ल्यायो । उनले सन् २०१४ मा अन्तिम तेलुगू फिल्म ‘नंग्ना सित्यम’ मा अभिनय गरिन् । अहिले उनले शोबिज उद्योगबाट दूरी बनाएकी छन् ।

वीना अहिले पाकिस्तानमै छिन् । उनलाई त्यहाँ दर्शकले ‘कन्ट्रोभर्सी क्वीन’ नामले चिन्छन् । उनले सन् २०१३ मा व्यापारी असद बशीर खानसँग विवाह गरेकी थिइन् । तर सन् २०१८ मा उनीहरूको डिभोर्स भयो । दुई सन्तान सन्तानसँगै उनी हाल पाकिस्तानमा छिन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ४ : ०७ बजे

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई

निरज र जेनिशालाई स्केटिङ उपाधि

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको

पञ्चेबाजा बजाउने परम्परागत चलन हराउँदै

भोजपुर– आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

पर्वत– पर्वतको कुश्मानगरपालिका–१२ ठूलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा

म्याग्दीको जलजला आलुको बीउमा आत्मनिर्भर

म्याग्दी– जिल्ला सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका बीउ आलुमा