जुम्ला पहिरोमा मृत्यु भएका परिवारलाई पालिकाले एक लाख दिने « Khabarhub

जुम्ला पहिरोमा मृत्यु भएका परिवारलाई पालिकाले एक लाख दिने


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गएराति जुम्ला जिल्ला हिमा गाउँपालिका १ आचार्यलिहीमा पहिरोले विद्युतगृह भाँसिदा एकै परिवारका ३ जना मृत्यु भएपछि घटनाको स्थलगत अवलोकन गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई, सुरक्षा निकायका प्रमुखहरु, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, गैसस सहितको टोलीले घटनास्थलको अवलोकन गरेको हो ।

घटनास्थलको अवलोकन गरेपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहात स्वरुप एक लाख रकम दिने निर्णय गरेको बताए । उनले भने, ‘गाउँपालिकाले घटनाको प्रकृति हेरेर अहिले स्रोत साधन अनुसार एक लाख रकम दिने तथा क्षेतिग्रस्त विधुत गृहको निर्माणका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।’

अध्यक्ष शाहीका अनुसार घटनाको स्थलगत अनुगमन गरिसकेपछि बसेको कार्यपालिकाको वैठकले सो निर्णय गरेको हो । बैठकले गाउँपालिकाको तर्फबाट शोक प्रस्ताव गरेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै संघीय सरकारले नियम अनुुसार प्रति व्यक्ति एक लाखको दरले राहात प्रदान गर्ने तथा एकै परिवारमा बढी मानवीय क्षति भएमा एक लाख थप पाउने व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले बताइन् ।प्रजिअ प्रसाईले आवश्यक प्रमाण भएमा चाडै श्रीमानको खातामा रकम हाल्न सकिनेमा बताइन् । यसैगरी मृतकको पोष्टमार्टम समेत भईसकेको कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रहरी चौकी हिमा १ बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाईका अनुसार जुम्ला हिमा गाउँपालिका १ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविधुतको पावर हाउस पहिरोले भाँसिदा विद्युतका अपरेटर गोरखबहादुर रावतका श्रीमती र दुई छोरोको गएराति मृत्यु भएको थियो । रावतका ३० वर्षीया श्रीमती विमला रावत, ९ वर्षीय छोरा भरत रावत र ८ वर्षका सूर्य रावतको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : ३४ बजे

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर