विश्व इतिहासमा आज : भारत स्वतन्त्रदेखि ‘प्योङयाङ टाईम’को सुरुवातसम्म « Khabarhub

विश्व इतिहासमा आज : भारत स्वतन्त्रदेखि ‘प्योङयाङ टाईम’को सुरुवातसम्म


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन ३० गते सोमबार । सन् २०२२ को अगस्ट १५ तारिख । आजको दिन इतिहासमा भएका केही घटनाक्रम यस्ता छन् :

सन् २०१५ अगस्ट १५ मा उत्तर कोरियाले ‘प्योङयाङ टाईम’ को सुरुवात गर्‍यो । कोरियामाथि जापानी कब्जाको ७०औँ वार्षिकोत्सवको सम्झनाको लागि सो टाईमको सुरुवात गरिएको थियो । सो परिवर्तनअघि उत्तर कोरियाको समय यूटीसी+०९ : ०० थियो भने अहिले उत्तर कोरियाको समय यूटीसी+०८ : ३० रहेको छ ।

सन् २००७ अगस्ट १५ मा पेरुमा ८ म्याग्निच्युडको भूकम्प जाँदा ५०० भन्दा बढीको मृत्यु हुनुको साथै एक हजारभन्दा बढी मानिस घाइते भएका थिए।

सन् २००१ अगस्ट १५ मा नासाका खगोलविद्हरुले ‘४७ उर्सा मैयोरिस’ तारा नजिक दोस्रो ग्रह परिक्रमा गरिरहेको घोषणा गरेका थिए । वैज्ञानिकहरुका अनुसार ती २ ग्रह सो ताराको वरिपरि करिब वृत्तिय कक्षमा नै परिक्रमा गर्थे ।

सन् १९९४ अगस्ट १५ मा कुख्यात आतंकवादी ‘कार्लोस द ज्याकल’लाई सुडानको खारतौमबाट पक्राउ गरिएको थियो ।

सन् १९७१ अगस्ट १५ मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले तीव्र गतिमा भएको मुद्रास्फीतिलाई रोक्न ९० दिनको लागि ज्याला र मूल्य फ्रिज गरेका थिए ।

सन् १९६९ अगस्ट १५ मा ‘द वुडस्टक म्युजिक एण्ड आर्ट फेयर’ले अवलोकनका लागि सहभागीहरुको लागि ढोका खोल्यो । न्यूयोर्कको बेथेलमा म्याक्स बी यासगुर नामक किसानको ६०० एकरको खेतमा भएको सो साङ्गीतिक महोत्सवमा भएको थियो । ४ लाखभन्दा बढी मानिसले सो महोत्सवमा सहभागिता जनाएका थिए ।

सन् १९४७ अगस्ट १५ मा भारत बेलायतको शासनबाट स्वतन्त्र भयो । मध्य १८०० को दशकमा इस्ट इन्डिया कम्पनीले भारतमाथि कब्जा गरेको थियो । सो कम्पनीले सुरुवाती दिनमा उपमहाद्वीपमा व्यापारको उद्देश्यले प्रवेश गरेता पनि पछि बिस्तारै शाही राज्यहरू कब्जा गर्न सुरु गर्‍यो । सन् १८५७ मा भएको हिंसात्मक विद्रोहमा बेलायतले भारतलाई अतिक्रमण गर्‍यो । सन् १९४५ देखि अतिक्रमणविरुद्ध हिंसात्मक र अहिंसात्मक विरोध प्रदर्शन सुरु भए। सो कम्पनीविरुद्ध सत्यग्रह अभियान चलाएका मोहनदास करमचन्द (महात्मा)गान्धीले भारतको स्वतन्त्रताको लागि उल्लेखनीय भूमिका निर्वाह गरे । भारत र पाकिस्तानलाई विभाजित गरेसँगै सो राष्ट्र स्वतन्त्र भयो । विभाजनपश्चत भारतको प्रधानमन्त्रीमा जवाहरलाल नेहरु र पाकिस्तानको प्रधानमन्त्रीमा लियाकत अली खान नियुक्त भए ।

सन् १९४५ अगस्ट १५ मा संयुक्त राज्य अमेरिकामा पेट्रोल र इन्धन तेल राशनको अन्त्य भएको थियो ।

सन् १९४४ अगस्ट १५ मा ‘अपरेशन ड्रागून’अन्तर्गत अमेरिकी, बेलायती र फ्रान्सेली सेना तुलोन एण्ड क्यानको बीचमा भएको फ्रान्सको दक्षिणी तटमा अवतरण गरेका थिए ।

सन् १७६९ अगस्ट १५ मा कोर्सिकाको भूमध्ये टापुस्थित आज्याकसियोमा नेपोलियन बोनापार्टको जन्म भएको थियो । १९औँ शताब्दीको सुरुवातमा फ्रान्सेली सेनाको नेतृत्व गर्दै शासन गरेका बोनापार्टले यूरोपको अधिकांश क्षेत्रहरु अतिक्रमण गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : २९ बजे

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा