साउदीमा अलपत्र १६ नेपाली भोकभोकै सडकमा   « Khabarhub

वैदेशिक रोजगारीको व्यथा :

साउदीमा अलपत्र १६ नेपाली भोकभोकै सडकमा  

म्यानपावर टेर्दैन, सरकार सुन्दैन



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका १६ जना नेपाली कम्पनीले कोठाबाट निकालेपछि भोक भोकै सडकमै दिनरात बिताउन बाध्य भएका छन् । उनीहरू करिब ९ महिनाअघि त्यहाँ पुगेका थिए ।

काठमाडौँको गौरीघाटमा रहेको यात्रा एचआर सोलुशन प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर साउदी अरबमा रहेको युनियन कनट्र्याक्ट नामको कम्पनीमा पठाएको र म्यानपावरले सम्झौता गरे अनुसारको काम र तलब नपाएपछि अलपत्र परेको पीडितहरूले बताए ।

पछिल्लो समय कम्पनीले बसिरहेको क्याम्पबाट रातारात निकालिदिएपछि अहिले भोक भोकै सडकमै रात बिताइरहेको अलपत्र मध्येका सुरजकुमार सदाले सुनाए ।

‘म्यानपावरले सम्झौता गरे बमोजिम काम र तलब नपाएपछि हामी विगत ९ महिनादेखि अलपत्र अवस्थामा छौ ,’ अर्का पीडित मोहन कुमार चौधरीले भने, ‘सुरुको दुई/तीन महिना काम पनि गरेका थियौ, त्यसपछि हामीले काम पाएका छैनौ म्यानपावर कम्पनी आज हुन्छ, भोलि हुन्छ भनेर झुक्क्याउने काम मात्र गरेको छ ।’

आफूहरूको समस्या लिएर रियादस्थित नेपाली दूतावासको शरणमा पुग्दा पनि कुनै सुनवाइ नभएको पीडितहरूले बताएका छन् ।

८० जनाको ग्रुपमध्ये ६४ जनालाई म्यानपावरले उद्धार गरी नेपाल फर्काएको तर आफूहरूलाई सौतेनी आमाको जस्तो व्यवहार भएको उनीहरू बताउँछन्। चाँडो उद्धारको माग गर्दा म्यानपावरले अझै ६ महिना साउदीमै राख्छु भन्ने धम्की दिएको पीडितहरूको भनाइ छ ।

उनीहरूलाई साउदी प्रहरीले भेटेर समस्याबारे जानकारी लिएको र कम्पनीको मालिकलाई सम्पर्क गरी बस्ने व्यवस्था मिलाउन भनेको छ तर कम्पनी प्रशासनले कुनै चासो नदिएको उनीहरूले बताए ।

लामो समयदेखि कामविहीन भएर बस्नुपर्दा खानाको लागिसमेत पैसा नभएकोले भोकै बस्नु परेको उनीहरूले दुखेसो पोखे । आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइदिन उनीहरूले नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

उद्धारका लागि विभिन्न निकायहरूलाई अनुरोध गरिरहेको भए पनि अहिलेसम्म कतैबाट पहल भएको छैन । साउदीमै रहेका एजेन्ट वीरेन्द्र राई पनि समस्या समाधान गर्नुको सट्टा तिमीहरूले जे गर्छौ गर भनेर धम्की दिने गरेको उनीहरूले बताए । म्यानपावरका सञ्चालक भनिएका दिनेश केसीलाई खबरहबले सम्पर्क गर्दा बोल्नै चाहेनन् ।

यी हुन् साउदीमा अलपत्र १६ नेपाली युवाहरु :

-ललन कुमार पासवान
-अनुर कुमार झोलन
-राजेश राय यादव
-सुरज कुमार सदा
-बिर्जु राउत कुर्मी
-राम प्रसाद राउत
-शिव प्रसाद राउत कुर्मी
-सुजव महतो
-मोहन कुमार चौधरी
-चन्द्र शेखर शाह तेली
-राजु झोलन
-मो हिरा नदाक
-जाहिन्द्रा रायन
-असरफ कवारी
-असलम नदाक
-गणेश चौधरी

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : ५४ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट