हय्या कार्ड भए कतार प्रवेश पाइने, नयाँ कामदार आउन नपाइने  « Khabarhub

हय्या कार्ड भए कतार प्रवेश पाइने, नयाँ कामदार आउन नपाइने 


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारले फिफा विश्वकपका दर्शकहरूलाई मध्यनजर गरी ल्याइएको विशेष व्यवस्था हय्या कार्ड होल्डरहरूलाई आगामी १ नोभेम्बरदेखि २३ जनवरीसम्म आवत-जावत गर्न दिने निर्णय गरेको छ ।

नोभेम्बरदेखि हय्या कार्ड भएका आगन्तुकहरूलाई मात्र कतार प्रवेश गर्न दिइने र विश्वकप २०२२ का फ्यानहरूलाई थप आवासको विकल्पहरू प्रदान गर्न अल मेसिलाको दरब अल साईमा कारभान्स परियोजना यसै हप्ता सुरु गरिने सुप्रीम कमिटी फर डिलिवरी र लिगेसी अधिकारीका आवास विभागका कार्यकारी निर्देशक ओमार अल-जबिरले बताएका छन् ।

निर्देशक अल-जबिरका अनुसार कतारी आइडी भएकाहरू उक्त अवधिमा कुनै पनि बेला आवत-जावत गर्न पाउनेछन् तर यस अवधिमा नयाँ कामदारहरू भने आउन पाउने छैनन् ।

कुनै पनि खेलको टिकट धारकहरूले हय्या कार्डको फाइदाहरू प्राप्त गर्नेछन् र उपलब्ध आवासको सर्तमा खेल अवधिभर देशमा रहन सक्छन्। हय्या कार्डलाई बहुप्रवेश अनुमति मानिन्छ, जुन २३ जनवरी २०२३ सम्म मान्य हुने ह्याया प्लेटफर्मका कार्यकारी निर्देशक सईद अल-कुवारीलाई उद्धृत गर्दै गल्फ टाइम्सले जनाएको छ ।

फिफा विश्वकप कतार २०२२ को लागि एक अन्तर्राष्ट्रिय ००९७४ ४४४१२०२२ हटलाईन नम्बर ‘२०२२’ लन्च गरिएको छ। जहाँ कतारभित्रका मानिसहरूले कुनै पनि समस्या वा घटनाहरू भएमा सबै सम्बन्धित मुद्दाहरूको बारेमा सोधपुछका लागि जवाफ पाउन सक्नेछन् ।

हाल, यो सेवा अंग्रेजी र अरबी भाषामा उपलब्ध रहेको र अन्य भाषा पनि विस्तार गरिने बताइएको छ । २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : २५ बजे

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण

निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ