अभियान लघुवित्तको आईपीओ बाँडफाँट हुँदै « Khabarhub

अभियान लघुवित्तको आईपीओ बाँडफाँट हुँदै


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभियान लघुवित्तको आईपीओ साउन ३० गते बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँट हुनेछ । यसमा मागभन्दा २५.२९ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । जसमा ९१ हजार ३७५ जनाले मात्र सेयर हात पार्नेछन् ।

बाँकी १९ लाख ५१ हजार ६४५ जनाको भने हात खाली हुनेछ । यसमा कुल २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बरारको आवेदन परेको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यो मध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : ३५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले