लागूऔषधसहित चार जना पक्राउ « Khabarhub

लागूऔषधसहित चार जना पक्राउ


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– लागूऔषध ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार जना पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी लागूऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिई गएको संयुक्त प्रहरीले टोलीले आइतबार  वीरेन्द्रनगर नगपालिका–४ सुर्खेत समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । 

विशेष सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले चेक गर्दा घरको कोठाका विभिन्न ठाउँमा लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध ब्राउन सुगरजस्तो देखिने ४७ ग्राम छ सय २० मिलिग्राम फेला पारी बरामद गरिएको उनले बताए । लागूऔषधसहित  २६ हजार तीन सय बरामद गरी उक्त दम्पतीलाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । 

त्यसैगरी, कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले आइतबार नै वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत घिमिरे डाँडास्थित मनिषा घिमिरे घर क्षेत्रबाट सात पुरिया लागूऔषधसहित वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत निवासी ३१ वर्षीय भीमबहादुर रोकाया र ९ निवासी २५ वर्षीया जीवनकली थापा घिमिरेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : ४५ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता