सीमा विवादबारे छलफल गर्न इरानी प्रतिनिधिमण्डल काबुलमा « Khabarhub

सीमा विवादबारे छलफल गर्न इरानी प्रतिनिधिमण्डल काबुलमा


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सीमा विवादलाई लिएर इरान र अफगानिस्तानबीच तनाव बढ्दै जाँदा अफगानिस्तानको शासन चलाइरहेको तालिबानका अधिकारीसँग भेटवार्ताका लागि इरानी प्रतिनिधिमण्डल अफगान राजधानी काबुल पुगेको छ ।

काबुलस्थित इरानी दूतावासले सीमा विवादबारे छलफल गर्न विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल तालिबान अधिकारीहरुसँग वार्ता गर्न काबुल आइपुगेको बताएको छ ।

अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डलले काबुल भ्रमण गरेको हो ।

आइतबार राती इरानको हिरमान्ड क्षेत्रमा इरानी सेना र तालिबान सेनाहरू बीच भएको सीमा विवाद भएको थियो ।

इरानसँग सीमा जोडिएको निमरुज प्रान्तको कांग जिल्लाको दरविश क्षेत्रमा भएको भिडन्तमा परी एक तालिबान लडाकू मारिएका छन् भने अर्का एक जना घाइते भएका तालिबान सीमा कमाण्डर मोहम्मद इब्राहिम हेवादलाई उद्धृत गर्दै खामा प्रेसले जानकारी दिएको छ ।

आइतबारको गोली हानाहानमा दुवै पक्षले एक अर्कालाई पहिले आक्रमण गरेको आरोप लगाएका छन् । इरानको इस्लामिक गणतन्त्रका सीमा गार्डहरू र तालिबान सेनाहरू बीच झडप भएको इरानी सञ्चार माध्यमले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ४ : ३९ बजे

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक