नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त सैन्य अभ्यास हुने « Khabarhub

नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त सैन्य अभ्यास हुने


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने भएको छ ।

दुई देशका सेनाबीच ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम सञ्चालन हुन लागेको हो । तालिम ३१ भदौसम्म छाउनी र नगरकोटलगायत इलाकामा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास हुन लागेकाे हाे । तालिममा नेपाली सेना ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तालिमका लागि अमेरिकी सेनाको टुकडी आवश्यक सामग्रीसहित सोमबार नेपाल आइपुगेको छ । नेपाली सेनाका अनुसार तलिम सशस्त्र द्वन्द्वको कानुन, सैन्य निर्णय निर्माण प्रक्रियालगायत विषयमा केन्द्रित हुनेछ ।

अमेरिकी सेनाको विशेष फौजसँग माओवादी द्वन्द्वकालदेखि नै नेपाली सेनाले सहकार्य गरे पनि संयुक्त सैनिक अभ्यासका रुपमा सन् २०१५ देखि ‘ब्यालेन्स नेल’ र ‘टेकनेल’ लाई अघि बढाएको हो । नेपाली सेनाले भारतीय र चिनियाँ सेनासँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : ०० बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र