बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार काठमाडौं महानगरपालिका २३ स्थायी घर भई हाल सोही महानगरपालिका १७ ढल्कु बस्ने कमलाक्षीस्थित लिनिभा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्षसमेत रहेका फरार प्रतिवादी रामेश्वर श्रेष्ठ पक्राउ परेका हुन् ।

प्रतिवादी श्रेष्ठसहितले ज्योति बिकास बैंक असन काठमाडौंमा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दे उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा प्रतिवादी श्रेष्ठलालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३० दिन कैद र १० लाख रुपैंयाँ जरिवाना ठहर गरेको थियो ।

सजाय तोकिए पश्चात फरार रहेका श्रेष्ठलाई सिआईबीबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवम् पक्राउको लागि परिचालित टोलीले आज सोमबार काठमाडौंको कपनबाट उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : १६ बजे

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको