यु-१७ साफ : नेपाल उपविजेतामै सिमित « Khabarhub

यु-१७ साफ : नेपाल उपविजेतामै सिमित


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालविरुद्ध सहज जितसँगै भारतले यु १७ साफ च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार रोसकोर्स अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न खेलमा भारतले नेपाललाई ४-० ले पराजित गर्‍यो ।

कप्तान प्रशान्त लक्ष्मण रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको नेपालबिरुद्द भारतले सहज जित निकाल्यो । भारतको जितमा बबी सिंह, कोरोउ सिंह, थाग्लालसोनु गाग्टे र अमनले गोल गरे ।

खेलको १७औं मिनेटमा बबीको गोलबाट भारतले अग्रता बनाएको थियो । ३०औं मिनेटमा कोरोउ सिंहले भारतको अग्रतालाई दोब्बर पारे । यस्तै, ६२औं मिनेटमा गाग्टेले भारतका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा अमनले गोल गर्दै भारतको सहज जित निश्चित गरे ।

खेलको ३८औं मिनेटमा भारतीय खेलाडीलाई धकेलेपछि नेपालका कप्तान लक्ष्मणले सोझै रातो कार्डको दर्शन गरेसँगै नेपाल १० खेलाडीमा समेटिएको थियो ।

यसअघि समूह चरणको खेलमा नेपालले भुटानलाई २-१ ले र दोस्रो खेलमा भारतलाई ३-१ ले पराजित गरेको थियो । नेपालले सेमिफाइनलमा घरेलु टिम श्रीलंकालाई ६-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ८ : २८ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको