श्रीलङ्काले आगामी वर्ष कृषिमा आधुनिकीकरण सुरु गर्ने « Khabarhub

श्रीलङ्काले आगामी वर्ष कृषिमा आधुनिकीकरण सुरु गर्ने


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले श्रीलङ्काले सन् २०२३ देखि कृषिको आधुनिकीकरण शुरु गर्ने बताएका छन्।

विक्रमासिङघेले खाद्य सुरक्षा र पोषण सुनिश्चित गर्न बहुक्षेत्र संयुक्त समितिको बैठकमा बुधबार उक्त कुरा बताएका हुन्।

कृषिको आधुनिकीकरणमार्फत उत्पादन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी कृषिले विदेशी मुद्रा आर्जन गर्न सक्ने उनको भनाइ थियो।

उनले भने, ‘सन् २०२३ को अन्त्यसम्ममा हामीले आधुनिकीकरण कार्यक्रमलाई तीव्र गतिमा अघि बढाउनुपर्छ। हामीले कृषिबाट विदेशी मुद्रा आर्जन गर्नुपर्छ।’

‘सन् २०५० सम्ममा हाम्रो जनसङ्ख्या दुई करोड ५० लाख पुग्नेछ। हामीले कृषिलाई आधुनिकीकरण गर्न सकेनौं भने खाद्य समस्या पेचिलो बन्नसक्छ।’

विक्रमासिङ्घेले श्रीलङ्कामा मात्र नभई विश्वव्यापी रूपमा बढ्दो जनसङ्ख्याले धेरै अवसरहरू प्रस्तुत गरेको बताए।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ८ : ३० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको