जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु  « Khabarhub

जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको गोरखा नगरपालिका–१३ भडारी भिरमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोर्खा नगरपालिका–६ बतासेका अन्दाजी १८ वर्षीय आशिष बसेल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका बसेलको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो।

गोरखा–आबुँखैरेनी सडकखण्डमा गोर्खाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ग २ च २२९१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २४०८ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए।

दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ११ : ०३ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक